कमल पंगेनीको स्मृतिमा प्रवेशद्धार बनाईदैं

अमृत अर्याल
भीरकोट ।

संविधानसभा सदस्य एवम् नेपाली कांग्रेस स्याङ्जाका तत्कालीन सभापती कमलप्रसाद पंगेनीको स्मृतिमा कमल पंगेनी प्रवेशद्धार र उनको शालिक निर्माण गरिने भएको छ । २०७५ साउन २० गते स्वर्गारोहण भएका नेपाली कांग्रेस स्याङ्जाका तत्कालीन जिल्ला सभापति पंगेनीको निधनको ६ वर्षपछि शालिक स्थापनाको लागि शिलन्यास गरिएको हो ।भीरकोट १ र ६ जोड्ने आँधीखोला पुलको मुखमा उक्त प्रवेशद्धारसँगै शालिक स्थापना गर्न लागिएको हो ।

‘कमल पंगेनी स्मृति प्रतिष्ठान’ मार्फत उनको शालिक स्थापना गर्नेलगायतका अपूरा सपना सामाजिक गतिविधिको माध्यमबाट पूरा गर्ने प्रतिष्ठानका अध्यक्ष लिलाप्रसाद पंगेनीले बताए । शालिक स्थापनाको जग शिलन्यास गर्दे भीरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले पंगेनी दुरदर्शी नेता भएको बताए । पंगेनीको शालिक बनेको लामो समयपछी स्थापना गर्नका लागि शिलन्यास गर्न पाउँदा खुशी लागेको बताए । कर्माचार्यले कमल पंगेनी जीवित भएको भए अझै धेरै विकास निर्माणका गतिविधिहरु हुने बताए ।

शिलन्यास कार्यक्रममा बोल्दै निवर्तमान नगरप्रमुख छायाराम खनालले कमलजीको सत्मार्गमा हिड्न सबैलाई अनुरोध गरे । उहाँको सम्झनामा समाज सुधारको प्रयास गर्नुपर्ने खनालले बताए । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि सुनिता उच्चै ठकुरी, भीरकोट नगरपालिकाका नगर प्रवक्ता दिपेन्द्र केसी, वडा नं. ८ का अध्यक्ष नन्दलाल खनाल लगायतले स्वं पंगेनीको सपना पुरा गर्न काँग्रेस एक ढिक्का भएर संगठन विस्तारमा लाग्नुपर्ने बताए ।

प्रतिक्रिया