किचन सहयोगी तालिममा सहभागीलाई प्रमाणपत्र

वालिङ ।
वालिङमा सञ्चालित किचन सहयोगी (कमी तेस्रो) तालिममा सहभागि युवाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयको आयोजना तथा कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टर,(सिटुटेक)को आयोजनामा तालिम सञ्चालन भएको हो ।

तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र वितरण गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले सिप अहिलेको समयमा अपरिहार्य पक्ष भएको बताए । सिप सिकेर गरेको जुनसुकै काममा सफलता मिल्ने भएकाले आम्दानी पनि राम्रो हुने अध्यक्ष सिग्देलको भनाई थियो । विदेशको लागि सिप सिकेर जानु अति आवश्यक रहेको उनको भनाई छ ।

कार्यक्रममा प्रेस युनियन स्याङ्जाका निर्वत्मान अध्यक्ष प्रदिप कोईरालाले उपयुक्त सिपको अभावमा युवाहरुले स्वदेश तथा विदेशमा दुख पाईरहेको बताए । तालिममा विदेशबाट फर्किएका ४० जना युवाहरु सहभागि रहेको सिटुटेकका गण्डकी प्रदेश संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिए । तालिम एक महिना सम्म सञ्चालन भएको थियो ।

तालिममा सहभागि युवाहरुले सिपको अभावमा विदेशमा दुख पाएको गुनासो गरेका थिए । सिप भएकाहरुले राम्रो काम गरेको आँखै अगाडि हेरेर बस्नु परेको भन्दै उनीहरुले सबै युवाले उपयुक्त सिप सिक्नु पर्नेमा जोड दिए । यो तालिमले हामीलाई धेरै टेवा पुग्ने सहभागि युवाहरुले बताएका थिए ।

 

प्रतिक्रिया