महिला संघ बलियो भए मात्र कांग्रेस बलियो हुन्छ— उपसभापति तिवारी

स्याङ्जा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति एवं सांसद कल्पना तिवारीले कांग्रेस बलियो बनाउन महिला संघ बलियो बनाउनुपर्ने बताएकी छन् । नेपाल महिला संघ स्याङ्जाको आयोजनामा बिहीवार आयोजित नेपाल महिला संघको ७७ औँ स्थापना दिवसका अवसरमा स्याङ्जामा आयोजित अन्र्तक्रियात्मक कार्यक्रममा बोल्दै तिवारीले सो बताएकी हुन् । लोकतन्त्र पुनस्थापना र महिलाका हक, हित र अधिकारका लागि महिला संघको योगदान धेरै रहेको स्मरण गर्दै आजको यो स्थानमा ल्याउने योगमाया, मंगलादेवी सिंह, शैलजा आचार्य लगायतको स्मरण गरीन् ।
विस २००४ सालमा मंगलादेवीको सक्रियतामा स्थापित नेपाल महिला संघले जहानिया राणा शासन बिरुद्ध आन्दोलनमा उत्रिएको स्मरण तिवारीले गरीन् । मुलुकमा भएका बिभिन्न २००७, २०४६, २०६२÷०६३ को आन्दोलनमा नेपाली महिलाको योगदान अतुलनीय रहेको तिवारीले बताइन् ।

क्रान्तिपछि महिला सहभागीता ह्वात्तै बढेको जनाउदै अवका ८÷१० बर्षमा महिला प्रधानमन्त्री बन्न सक्ने उनले आकलन गरीन् । पार्टीभित्र कुनै किसिमका अवसर नपाएकालाई आरक्षणको कोटामा राखिनु पर्नेमा समेत उपसभापति तिवारीले जोड दिइन् । स्व. मंगलादेवीको योगदानका कारण अहिले नेपालको राजनितिमा महिलाहरुको सशक्त सहभागिता रहेको बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेस कार्यबाहक सभापति केदार काफ्ले, महिला संघ पुर्व केन्द्रिय सदस्यहरु हिरादेवी शर्मा र राजकुमारी गुरुङ, महिला संघ स्याङ्जाका पुर्व अध्यक्ष मखमली श्रेष्ठ, महिला संघ क्षेत्रीय अध्यक्षहरु गायत्री आचार्य र सुनिता उच्चै ठकुरी लगायतले महिला संघ र अग्रज महिला नेतृहरुले पुरयाएको योगदानको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा अधिवक्ता विनिता नेपालीले नेपालीको राजनितिक ईतिहासमा महिलाहरुको भुमिका विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

नेपाल महिला संघ स्याङ्जाका कार्यबाहक अध्यक्ष देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सचिव बन्दना लम्साल र संचालन सचिव तारा मल्ले गरेकी थिइन् । कार्यक्रममा जिल्ला स्थित महिला संघमा आवद्ध महिलाहरुको सहभागिता थियो ।

 

प्रतिक्रिया