बीपीसीको ठगि धन्दा— थोरै पावर दिदै, धेरै महशुल असुल्दै

वालिङ ।
तपाईको घरमा राखिएको मिटर बक्स र मिटर रिडिङको बिल चेक गर्नुहोस । मिटरबक्सको एमसिवी नम्वर र मिटर रिडिङ्को बिलको एम्पियर मिलेको छ वा छैन । मिलेको छैन भने कतै तपाई ठगिनु भएको त छैन । बुटवल पावर कम्पनी अन्तर्गत आँधीखोला जलविद्युत वितरण केन्द्रबाट बितरीत विद्युत लाइनमा थोरै पावर सप्लाई गर्दै धेरै महशुल असुल्दै आएको छ । अधिकांश ३ हजार वाट बिजुली प्रयोग गर्ने र ६ हजार वाट बिजुली प्रयोग गर्ने उपभोक्ताहरु सगँ २० एम्पियर (४ हजार वाट) को महशुल लिनुपर्नेमा ३० एम्पियर (६ हजार वाट) को महशुल उठाउदै आएको फेला परेको हो । तपाईको घरमा भएको मिटर बक्सको एमसीवीमा २० नम्बरको एम्पीयर लेखिएको छ र मिटर रिडिङ गरेको बिलमा ३० नम्बरको एम्पियर लेखिएको छ भने तपाई ठगिनु भयो भन्ने बुझ्नु होला ।

पब्लिक आवाज टिमले गरेको अनुगमनमा केही घरमा २० एम्पियरको पावर दिएर ३० एम्पियरको महशुल उठाएको भेटाएको छ । यसका सबै प्रमाण पब्लिक आवाज सगँ सुरक्षित रहेको छ । बीपीसीले उपभोक्तालाई ५, १५ र ३० एम्पियरको सेवा दिदै आएको छ । ५ एम्पियर बाहेक १५ र ३० एम्पियरको पावर लिएका उपभोक्ताहरु ठगिएको अनुमान गरिएको छ । ५ एम्पियरको १ हजार वाट, १५ एम्पियरको ३ हजार वाट र ३० एम्पियरको ६ हजार वाट हुन्छ । बीपीसीले १५ एम्पियर प्रयोग गर्ने उपभोक्तालाई १० एम्पियरको पावर र ३० एम्पियरको उपभोक्तालाई २५ एम्पियरको पावर दिदै आएको बताइएको छ ।

पब्लिक आवाजले गरेको अनुगमनमा धेरै २० एम्पियरको सेवा दिएर ३० एम्पियरको महशुल उठाउदै आएको भेटाएको छ । यसरी हेर्दा सोझै उपभोक्ताबाट २ हजार वाटको महशुल बढी असुल्दै आएको देखिन्छ । यो धन्दा कहिले देखी शुरु भएको हो भन्ने तथ्यभने फेला परेको छैन । गुणस्तरको आवाज उठाइरहेका उपभोक्तालाई बीपीसीले मसिनो गरी महशुलमा ठगी गर्दै आएको छ । बिजुली बत्ति बाल्ने नाममा उपभोक्ताले जमिन, जल र श्रम खर्चेका छन् । त्यसै माथी प्राविधिक रुपले जानकारी पाउन नसकेका बीपीसीका उपभोक्तालाई विद्युत पावरमा ठग्दै आएको हो भने अनुसन्धान थाल्नुपर्ने स्थानीयहरु बताउछन् ।

यस बिषयमा आँधीखोला विद्युत वितरण केन्द्र गल्याङका प्रमुख डोलप्रसाद खरेललाई सोध्दा त्यस्तो हुन नसक्ने बताए । मिटरबक्स, बिजुलीको पोल देखी घरसम्मको तार र एमसिवी उपभोक्ता आफैले खरीद गर्ने भएकाले बीपीसीले त्यस्तो काम नगरेको दावी गरे । २० एम्पियरको पावर दिएर ३० एम्पियरको महशुल लिन पाइन्छ भन्ने पब्लिक आवाजको प्रश्नमा खरेलले भने,‘त्यस्तो गर्न पाइदैन र त्यस्तो छ भने हाम्रो ध्यानाकर्षण हुनेछ ।’ उपभोक्ताले समान खरीद गर्ने र जडान बीपीसीका कर्मचारीले गर्ने हुँदा बीपीसीको कुन कर्मचारीले जडान गरेको हो भन्ने रेर्कड रहने हुँदा पत्ता लाग्ने छ उनले भने । यो गलत कार्यको छानविन गर्नुपर्ने खरेलले बताए ।

वालिङका केही घरमा ४ हजार वाटको पावर दिएर ६ हजार वाटको महशुल लिने गरेको भेटिएपछि बीपीसीका सबै मिटरबक्सहरु अनुगमन हुनुपर्ने उपभोक्ताहरुले बताएका छन् । यस बिषयमा निमयन निकायले छिट्टै ध्यान दिन समेत उपभोक्ताहरुले आग्रह गरेका छन् । यसको अनुगमन र नियमक निकाय विद्युत नियमन आयोग रहेको छ । आयोगका सुचना अधिकारी नुतन शर्माले थोरै पावर दिएर धेरै रकम असुली गर्न नपाइने बताए । विद्युत नियमन उपभोक्ता हित विपरीत त्यस्तो कार्य गरेको भए कानुनी कारवाही हुने शर्माले बताए ।

प्रतिक्रिया