आयोगको निर्णय स्वागत योग्य ः— संयोेजक पाण्डे
वालिङ ।
विद्युत महशुल फिर्ता गराउन सबैको साथ र सहयोगबाट संयुक्त संंघर्ष समितिका संयोजक रहेका नेत्रप्रसाद पाण्डेले आयोगले गरेको निर्णय स्वागत योग्य रहको जनाएका छन् । सामाजिक संजाल फेसबुक मार्फत महशुल बृद्धिका विषयमा निरन्तर संघर्षका कार्यक्रम सगै विद्युत नियमन आयोगको निर्णय विरूद्ध पुनरावलोकनका लागि गरेको कानुनी प्रकृयालाई आयोगवाट वुटवल पावर कम्पनी लिमिटेडलाइ उपभोक्ताको मागलाई सम्बोधन गरि पुरानै दररेट कायम गर्न पत्राचार गरेको निर्णय स्वागत योेग्य कार्य भएका उल्लेख गरेका छन् । उक्त निर्णय संघर्ष समितिको संयोजकका हैसियतले स्वागत योग्य छ उनले लखेका छन् ‘निर्णयप्रति विद्युत नियमन आयोगलाई धन्यवाद दिन चाहन्छु ।’ आम उपभोक्ताको हक र हितका निम्ति आगामी दिनमा आयोगको सकारात्मक पहल रहिरहने विश्वास हामी उपभोक्ताले लिएका छौं पाण्डले उल्लेख गरेका छन् ।
संयोजक पाण्डेले नेपाल सरकारका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, उर्जा तथा जलस्रोत मन्त्री, पूर्व मन्त्री, स्याङ्जा र पाल्पा जिल्लावाट संघीय तथा प्रदेश सरकारका सांसदहरु, स्थानीय सरकारका जनप्रतिनिधि, राजनीतिकदलका अध्यक्ष लगायत प्रतिनिधि साथिहरू, संघर्षमा निरन्तर सहयोग गर्नुहुने संचारकर्मी साथिहरू, कानुनी सल्लाहकार तथा वुटवल पावर कम्पनी लिमिटेडले समेत मिटर रिडिङ नगरेर आन्दोलन प्रति गरिएको सहयोग प्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
आम उपभोक्ता अधिकार प्रति आगामी दिनमा विद्युतको गुणस्तर सुधार, सामाजिक उत्तरदायित्व, मुअव्जा र प्रभावित क्षेत्रको जोखिम वस्तिलाई कम्पनीले विगतमा गरेको सहमती कार्यन्वयन लगायतका विषयमा विद्युत नियमन आयोग र वुटवल पावर कम्पनीसंग वार्ता र सम्वादवाट निकास निकाल्न प्रयत्न गर्ने प्रतिवद्धता सहित यो सहकार्यमा साथ सहयोग दिनुहुने प्रति आभार व्यक्त गरेको उल्लेख गरेका छन् । संंयोजक पाण्डेले आयोगले महशुल बृद्धि गरेपछि आयोगको ऐन २०७४ कोे दफा २२ बमोजिम महशुल पुनरावलोकन गर्न निवेदन दिएका थिए । ४ महिना सम्म रोकिएको मिटर रिडिङको बिषयमा अहिले सम्म आएको युनिटलाई ४ भाग लगाएर क्रमिकरुपमा भुक्तानीको व्यवस्था मिलाइने संयोेजक पाण्डेले बताए ।
प्रतिक्रिया