दुबै मृगौला फेल जमुना थापालाई १५ लाख सहयोग हस्तान्तरण

टिकाराम अधिकारी,
गल्याङ ।
गल्याङ नगरपालिका वडा नं.११ छाँप घरभइ गल्याङ बस्दै आएकी जमुना थापाको दुबै मृगौला फेल भएपछि पोखरामा उपचार गराई रहेकी छन् । उनको थप उपचारका लागि नेपाल मगर संघ गल्याङ नगर समितिले संकलन गरेको रकम एक कार्यक्रमका बिच नगद १५ लाख बिरामीका परिवारलाई हस्तान्तरण गरेको छ ।
पूर्व सांसद महेन्द्र थापा मगरले रकम हस्तान्तरण गर्दै खानेकुरामा ख्याल नगर्दा ठुला रोगको चपेटामा पर्दै आएको तर्फ सकेत गर्दै थापाले खानेकुरामा ख्याल गर्न सबैलाई आग्रह गरे । एउटा मगरको परिवारलाई परेको पिडामा सबै मिलेर सहयोग गर्नु समुदायको साझा दायित्व रहेको बताउदै थापाले नेपाल मगर संघ गल्याङ नगरको पहलमा संकलन भएको रकमलाई सहि रुपमा सदुपयोग गर्न बिरामी परिवारका सदस्यलाई सुझाए । बिरामी जमुना थापा बचाउ अभियानमा लागेर सहयोग गर्ने सम्पूर्णलाई मनै देखि धन्यवाद दिदै विरामीको स्वास्थ्य लाभको कामना समेत गरे ।
कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय सचिव लोकेन्द्र बहादुर थापा मगर,नेपाल मगर संघ गण्डकी प्रदेश उपाध्यक्ष दान बहादुर थापा, गल्याङ नगरपालिकाका पूर्व उपप्रमुख देविसरा थापा मगर,गल्याङ नगरपालिका नगर शिक्षा समिति सदस्य चन्द्र बहादुर राना मगर, नेपाल मगर महिला संघ जिल्ला अध्यक्ष कृष्णमाया राना मगर लगायतले बिरामी जमुनाको उपचारका लागि सहयोग सकलन कार्यका बिषयमा जानकारी गराएका थिए ।
नेपाल मगर संघ गल्याङ नगर समितिले गल्याङ नगरपालिका देश तथा विदेशमा रहनुहुने व्यक्ति तथा संघ संस्थासंघ साउन २५ सम्म १५ लाख संकलन गरेको र अझै पनि सहयोग रकम आउने कार्य जारीरहेकाले अझै रकम थप हुने नेपाल मगर संघ गल्याङ नगर समितिले गल्याङका अध्यक्ष कुमार राना मगरले जानकारी दिए । बिरामी जमुना थापाका श्रीमान याम बहादुर सोमै आफ्नो श्रीमतिको जीवन रक्षाका लागि नेपाल मगर संघ गल्याङ नगर समितिले महत्वपूर्ण भूमिका खेलेर उनको उपचारमा सहयोग गरेकोमा धन्यवाद दिए ।
नेपाल मगर संघ गल्याङ नगर समितिका अध्यक्ष कुमार राना मगरको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य नेपाल मगर संघ वडा नं.३ का अध्यक्ष तथा आर्थिक सहयोग संकलन समितका सहसंयोजक जयसिं राना मगरले र कार्यक्रमको सञ्चालन नेपाल मगर संघ गल्याङ नगर समितिका सचिव रेशम राना मगरले गरेका थिए ।
प्रतिक्रिया