स्याङ्जा सदरमुकाममा कविता महोत्सव हुदै

स्याङ्जा ।
स्याङ्जा सदरमुकाम पुतलीबजारमा साउन ३१ गते खुल्ला कविता महोत्सव हुने भएको छ । पुष्प–चन्द्र ट्रस्टका संस्थापक चन्द्रलक्ष्मी श्रेष्ठको प्रथम वार्षिक पुण्यतिथिको अवसर पारेर स्याङ्जामा पहिलो पटक कबिता प्रतियोगिता हुने भएको हो । आयोजकले पत्रकार सम्मेलन मार्फत कविता महोत्सव गर्ने तयारीमा जुटिरहेको संयोजक श्रेष्ठले जानकारी दिए । स्याङ्जालाई साहित्यिक जिल्लाको रुपमा चिनाउने उदेश्यले कविता प्रतियोगिता आयोजना गरिएको श्रेष्ठले पत्रकार सम्मेलनमा बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति कविवर स्व. केदारमान व्यथित र स्व. पुष्पमान श्रेष्ठको नाममा स्थापना गरिएको पुष्प—चन्द्र ट्रष्ट स्थापना गरी स्याङ्जामा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम गर्दै आइरहेको आयोजकले जानकारी दिएको थियो । दुवैको सम्झनामा खुल्ला कविता प्रतियोगिता गर्न लागिएको प्रतियोगिताका संयोजक अनन्तकुमार श्रेष्ठले बाए ।

पुष्प–चन्द्र ट्रस्टको आयोजना तथा पुतलीबजार प्रज्ञाप्रतिष्ठान र स्याङ्जा साहित्य प्रतिष्ठानको सह–आयोजनामा नेपाली भाषा, कला, संस्कृती, साहित्य र शैक्षिक उन्नयनमा हाम्रो अनुष्ठान भन्ने मूल नाराका साथ कविता महोत्सव एवं प्रतियोगिता गर्न लागिएको छ ।
प्रतियोगितामा ६ प्रदेश र ४८ जिल्लाबाट १९९ वटा कबिता प्राप्त भएको र ती मध्ये २० कवितालाई पहिलो छनौटगरी प्रत्यक्ष वाचनको लागि छनौटमा परेका छन् । साउन ३१ गते २० प्रतिस्पर्धीले कविता वाचन गरेपछि उनीहरु मध्येबाट उत्कृष्ट ३ र २ सान्त्वना कविता छनौटगरी पुरस्कृत गरिने बताइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ५५५, द्धितीयलाई ११ हजार १११, तृतीयलाई ७ हजार ७७७ र सान्त्वना दुई जनालाई जनही ३ हजार ३३३ रुपियाँ नगद सहित ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ ।

यसैगरी, फेदिखोला गाउँपालिकामा रहेको अमोर सेवा नेपाल (बालगृह) र एसईई परिक्षा ४ जिपिए ल्याई स्याङ्जा जिल्ला उत्कृष्ट भएका सुसान्त मरासिनीलाई सम्मान गर्ने बताइएको छ । पुतलीबजार नगरपालिकाका ४ वटा बिद्यालयका ५ सय बिद्यार्थीलाई पनि शैक्षिक सामाग्री बितरण गरिने भएको छ । पत्रकार सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, ट्रष्टका सचिव ओमप्रकाश शर्मा, महासंघका कोषाध्यक्ष रमेश गोदारले प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । प्रतियोगिता सुरु हुनुपूर्व विभिन्न जातजातिका भेषभूषा झाँकी सहितको शोभायात्रा गरिने र पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा पुगेर कार्यक्रम गरिने भएको छ । प्रतियोगिताका लागि अनुमानित १० लाख खर्च हुने आयोजकको अनुमान छ । विभिन्न सघसस्था, स्थानीय सरकार, बैंंक वित्तिय सस्थाबाट आर्थिक सहयोग भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया