पूल नहुँदा स्याङ्जाका दुई पालिकाका स्थानीयलाई सास्ती
हिमाल न्यौपाने,
गल्याङ ।
स्याङजाको चापाकोट नगरपालिका ४ र हरिनास गाउँपालिका ५ जोडने घैटे स्थित खानीखोलामा पुल नहुँदा दुई पालिकाका स्थानीयलाई आवतजावतमा निकै समस्या हुने गरेको छ । बर्षादको समयमा खाद्यान्न किनमेल देखि बिरामी भएर अस्पतालसम्म पुग्न निकै कष्टकर भोग्द आएका छन् । हिउँदमा वारपार गर्न स्थानीयले बनाएको फड्के समेत खोलाले बगाउदा अर्को निकै सास्ती भोग्नु परेको छ ।
हिउँदमा होस या बर्षादको समय स्याङजाको चापाकोट ४ र हरीनास ५ का स्थानीयले भने सहज यात्राको कहिल्यै महसुस गर्न पाएका छैनन् । बर्षाद समय लागेसंगै घैटे खानीखोलाको उर्लदो भेलले कुनै पुुल नहुुँदा स्थानीयले निमार्ण गरेको फ्डके समेत बगाउदा दैनिक आवातजावत गर्न जोखिम मोलेरै खोला तर्न बाध्य छन । सामान्य समयमा भन्दा बिरामी भएको अबस्थामा नागरीकलाई उपचारका लागी अस्पताल लैजान बोकेरै खोला तर्नुपर्ने उच्च जोखिम रहेको स्थानीय विश्वास पुरीले बाए । पुलका लागि विभिन्न क्षेत्रमा माग गर्दा पनि सुनुवाई नभएका पुरीले बताए ।
चापाकोट नगरपालिकाका करिब १० वटा वडाहरु तथा हरीनासका ७ वटा वडाहरुका स्थानीयहरु दैनिक किनमेलका लागी उक्त बाटो प्रयोग गर्दछन । त्यतिमात्र होईन पृथ्वी राजमार्ग अन्र्तगत तनहँुको भिमाद जोडने करिब ५४ किलोमिटरकोे छोटो दुुरीको बाटो निमार्ण भएतापनी घैटे खानीखोलामा पुुल नबन्दा लामोदुरीको बाटो प्रयोग गर्न बाध्य छन । जस्का कारण उक्त क्षेत्रका स्थानीयहरु बसाई सर्नेक्रम पनि उत्तिकै बढ्न थालेको छ । तर पछिल्लो समय गण्डकी प्रदेश सरकारले पुुल निमार्णका लागी पहल गरेता पनी बजेट प्रयाप्त नहुँदा पुुल निमार्णको काम अगाढी बढ्न नसकेको चापाकोट ४ का वडा अध्यक्ष अर्जुन खाँणले बताए । पुल नहुँदा बर्षादको समयमा सरकारी कामका लागि स्थानीयहरु नआउने गरेको उनले बाए ।
खानिखोला पुुल निमार्णका क्रममा वारी पारीको बाटो ढलान गरीएको भएतापनी पुुल निमार्णका लागी डिपीआर पुुरा भईसकेको तर प्रदेश सरकारले चासो दिएपनी स्थानीय सरकारले खासै पहल नगर्दा बन्न नसकेको हरिनास गाउँपालिका ५ का वडा अध्यक्ष निर्मल लम्सालले बताए । चापाकोट तथा हरीनासका आम नागरीकलाई जिल्ला सदरमुकाम देखी पर्यटकीय नगरी पोखरा सम्म आवतजावत र किनमेलका लागी घैटे खानीखोला हरेक बर्ष बाधक बन्दै आएको छ । पुुल निमार्ण नहुुँदा स्थानीयलाई पु¥याएको पिडा समाधानका लागी तिनै तहका सरकारले त्यस्ता ठाउँहरुमा ध्यान पुराउन आवश्यक देखिन्छ । सरकारको अनुभुति दिलाउन पनि यहाँ पुल निर्माणमा जोड दिनुपर्ने देखिन्छ ।
प्रतिक्रिया