भीरकोटमा बीमा सम्बन्धी जनचेतना

भीरकोट ।
स्याङ्जाको भीरकोट नगरपालिकाले बीमा सम्वन्धी अन्तरक्रिया सम्पन्न गरेको छ । बीमा सम्बन्धी जनचेतना जगाउने उदेश्यले अन्तरक्रिया गरिएको हो । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा स्थानीय सरकार तथा सरोकारवालाहरुसंग बीमा सम्बन्धी जनचेतना मुलक अन्तरक्रिया गरिएको भीरकोट नगरपालिकाले जनाएको छ । कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले कुनै पनि मानिसलाई समस्या नपर्दासम्म बीमाको उपयोगिता थाहा नहुँने बताए । बीमाले कसे खालको जोखिम बहन गर्न सक्छ भन्ने जनचेतना जगाउनु पर्ने आवश्यका रहेको नगर प्रमुख कर्मचार्यले बताए । भीरकोट नगरपालिकाले स्वास्थ्य बिमामा नागरिकलाई सहयोग गरेको भन्दै अन्य बिमाको विषयमा पनि नगरपालिकाले योजना बनाएर अगाडी बढ्ने बताए ।

भीरकोटमा कुनै पनि कम्पनीले शाखा कार्यालय स्थापना नगरेको भन्दै छिटो कार्यालय स्थापना गर्ने कम्पनीसंग नगरले सहकार्य गर्ने बताए । प्राधिकरणले भीरकोटलाई रोजेर यहाँका स्थानीय व्यापारी, बुद्धिजिवीलाई बिमा सचेतना कार्यक्रम गरेर स्रहानीय कार्य गरेको उपप्रमुख भगवती अर्यालले बताइन् । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोईरालाले आफ्ना बीमा गरेपश्चात क्षति भएका पिडितहरुले छिटो राहत रकम दिनुपर्नेमा जोड दिए । कार्यक्रममा बिमा प्राधिकरणका सहायक निर्देशक सुन्दरप्रसाद शर्माले कार्यक्रमको बारेमा प्रस्ट पारेका थिए । कार्यक्रममा भीरकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नुवादत्त अर्याल, व्यापारी चिन्तामणी चापागाइँ, सुन्तला किसान शालिकराम अर्याललगायतले आफ्ना जिज्ञासा राखेका थिए ।

कार्यक्रममा बीमा प्राधिकरणका प्रदेश प्रमुख केशवप्रसाद दहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत बलराम लामिछानेले गरेका थिए भने संचालन सुमित गिरीले गरेका थिए ।

प्रतिक्रिया