अवैध सालको काठ बरामद

वालिङ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट प्रहरीले अवैध सालको काठ बरामद गरेको छ । बिहीबार राती करिब २ः३० बजेको समयमा प्रहरी चौकी बिर्घाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले कालिगण्डकी गाउँपालिका वडा नं. ७ मिर्मी स्थित आँधिमुहान भित्री सडक खण्डमा रूखापानीबाट मिर्मी तर्फ आउँदै गरेको लु. ४ त. ६५६५ नम्बरको ट्याक्टर चेकजांँच गर्ने क्रममा अवैध सालको काठ बरामद गरेको हो । सालको चिरान (चारपाटे) काठ ७ थान अर्थात १५.०६ क्यू फिट फेला पारी ट्याक्टर सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सबडिभिजन वन कार्यालय गल्याङ, स्याङ्‌जामा बुझाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए । अवैध सालको काठका सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया