बसबाटै लुटियो यात्रुको औंठी, प्रहरीमा उजुरी
राजन प्रसाद पौडेल,
स्याङ्जा ।
जिल्लाको भीरकोट नगरपालिका १ हेलुका चेतबहादुर गुरुङले यात्राको क्रममा आफु बसबाटै लुटिएको बताएका छन् । गत साउन २६ गते रात्रीबसमा काठमाडौंबाट स्याङ्जा आउने क्रममा आफु लुटिएको गुरुङले बताए । उनी काठमाडौंको नयाँ बसपार्कबाट पृथ्वी राजमार्ग बस संचालक समितिद्वारा संचालित ग २ ख ५१ नम्बरको रात्रीबसमा स्याङ्जा आएका थिए । ५३ वर्षीय चेतवहादुर गुरुङ यात्राको क्रममा कुरिनटार सम्म स–कुशल आएको बताउछन् ।कुरिनटारमा खाना खाएर बसमा चढी मिनरल वाटरमा भएको पानी पिएर सुतेको त्यसपछि आफुलाई केहि थाहान भएको गुरुङको भनाई छ । झर्ने ठाउँमा पनि कसले कसरी झा¥यो थाहा नपाएको उनले बताए ।
साउन २७ गते बिहान गुरुङलाई हेलु बजारमा मरणासन्न अवस्थामा देखि स्थानीयको सहयोगमा हस्पिटल लगिएको थियो । आफूलाई हेलुबजारबाट आफ्नो घरको बाटो हुँदै भीरकोट नगर अस्पतालमा उपचारका लागि लगिएको २७ गते दिउँसो त्यहाँबाट रिफर गरि पोखराको चरक मेमोरियल अस्पतालमा पु¥याइएको गुरुङले बताए । पोखराको अस्पतालमापुगेपछि मात्रै आफ्नो होश खुलेको पीडित बिरामीले बताएका छन् । आफूले हातमा लगाएको दुई तोलाको सुनको बेरुवा औंठी झिकेर सोही औंलामा अर्को औंठी लगाइ दिएको गुरुङको दावी छ । सो औंठी पित्तलको भएको थाहा पाएपछि उक्त घटना कसरी घट्यो छानबिनको लागि वडा प्रहरी कार्यालयमा निवेदन दिएको पारिवारिक स्रोतले जनाएको छ ।
यता पोखरास्थित चरक मेमोरियल अस्पतालको रिपोर्ट अनुसार बिरामी चेत वहादुर गुरुङलाई बेन्जोडाइ जोफिन नामक विषादी खुवाईएको हुनसक्ने बताईएको छ । उक्त बिष खाना वा पानीको माध्यमबाट पेटमा पुगेपछि होश हराउदै गएको अस्पतालले जनाएको छ । उक्त विषादी भएको पिसाबको परीक्षण गर्दा पत्तालागेको अस्पतालले जनाएको छ । अब कसैलाई पनि यस्तो असुरक्षित यात्रा नहोस र त्यस्तो घृणित कार्य गर्ने ब्यक्ति जो कोही भएपनि कडा कारवाही होस भन्ने मागगर्दै बिरामी प्रशासनमा पुगेका छन् ।
आफुले कुनै प्रकारको लागुपदार्थ सेवन नगरेको गुरुङको दावी छ । गुरुङको प्रहरीमा निवेदन परेपछी बसका कर्मचारी र अन्यलाई प्रशासनमा बोलाएर प्रहरीले अनुसन्धान थालेको छ । बसका कर्मचारीहरुले यस सम्वन्धमा आफुहरुलाई केही थाहा नभएको बताउँछन् । हेलु झर्ने यात्रुलाई सम्वन्धित ठाउँमा झारेको तथा बस भित्रका अन्य गतिविधिबारे आफुहरुलाई केही थाहा नभएको उनीहरुको तर्क छ । बेहोस बनाएर बसभित्रै औठी लुटिएको परिवारको दावी छ ।
प्रतिक्रिया