दैवी प्रकोपमा ज्यान गुमाएका परिवारलाई राहत
स्याङ्जा ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बाढी पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरेको छ । जिल्लामा असार १४ गतेदेखी अहिले सम्म बाढीपहिरोबाट १० जनाले ज्यान गुमाइसकेका छन् । संघर प्रदेश सरकारबाट तत्काल पाउने राहत स्वरुप नगद रकम प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले पिडित परिवारको घरमै पुगेर राहत स्वरुप रकम हस्तान्तरण गरेका हुन् ।
११ स्थानीयतह मध्ये आँधीखोला, फेदिखोला, बिरुवा, अर्जुनचौपारी गाउँपालिका र भीरकोट नगरपालिकामा बाढीपहिरोले मानवीय क्षती समेत हुन पुगेको थियो । बिशेष गरी असार १४ गते र असार २२ गते परेको अविरल बर्षादले स्याङ्जामा ठुलो धनजनको क्षती भएको थियो । बाढीपहिरोमा ज्यान गुमाउने १० दनाको परिवारलाई जिल्ला प्रशासन कार्यालयले ८ लाख ७५ हजार नगद रकम हस्तान्तरण गरिसकेको सुचना अधिकारी तथा सहायक प्रजिअ पौडेलले बताए ।
पिडित परिवारलाई तत्काल राहत उपलब्ध गराउदै बाँकी उनीहरुको अरु रहतका लागि पहल गर्दै आएको प्रशासनले जनाएको छ । यसैगरी आँधीखोला गाउँपालिका २ उखुवारी निवासी सुस्मिता परियारको उपचारका क्रममा पोखरामा निधन भएपछि बुधवार परियारका परिवारलाई ५० हजार राहत स्वरुप वितरण गरिएको सहायक प्रजिअ पौडेलले बताए । प्रमुख जिल्ला अधिकारी नेपाल र गाउँपालिका अध्यक्ष विश्व पौडेलले संयुक्त नगद सहित रेडक्रसबाट उपलब्ध खाद्य सामाग्री उपलब्ध गराइएको जानकारी दिए ।
केही राहत पाउन बाँकी रहेका पिडितका परिवारलाई भदौ महिनाको मसान्त सम्ममा वितरण गरिने बतायएको छ । नयाँ आर्थिबर्ष शुरु भएकाले बैङिक प्रक्रिया मिलाउन पर्ने भएकाले केही ढिला हुन गएको सप्रजिअ पौडेलको भनाई छ । घर गुमाएका परिवारको लागि पनि प्रशासनले स्थानीय सरकारसगँ समन्वय गरी प्रक्रिया अगाडी बढाइरहेको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया