लोकतन्त्रमा महिलाको अधिकार सुनिश्चित छ ः उपसभापति तिवारी
वालिङ ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका उपभापति तथा गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले लोकतान्त्रिक प्रणालीमा महिलाहरुको हक अधिकार सुनिश्चित भएको जिकिर गरेकी छन् । नेपाल महिला संघ स्याङ्जाको आयोजनामा वालिङमा तिज पर्वको शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रमको उदघाटन गर्दै उपसभापति तिवारीले लोकतान्त्रिक गणतन्त्रले नेपाली महिलाहरुलाई हरेक अधिकारले समेटेको बताएकी हुन् । नेपाली महिलाहरुको आन्दोलनले ल्याएको लोकतान्त्रिक गणतन्त्र प्रणालीमा महिलाहरु कमजोर नरहेको उपसभापति तिवारीको भनाई थियो । भृकुटी र सीता जन्मेको देशमा महिलाहरु नेतृत्वमा पुग्न अझै लडाई बाँकी रहेको बताईन् । हक र अधिकारमा सुनिश्चित गरिएपनि नेतृत्वमा पुग्न महिलाहरुलाई अझै कठिन भएको छ उपसभापति तिवारीले भनिन्,‘सबै महिलाहरु एक हुदै नेतृत्वदायी भुमिकाको लडाईलाई सार्थकता बनाउनुपर्छ ।’ महिला कमजोर भएर होइन एक सफल महिलाहरुले समाजका हरेक महिलाहरुलाई हातेमालो गरेर अगाडी ल्याउन आवश्यक छ उनले भनिन् । हरेक महिलाहरुमा फरक फरक क्षमता र दक्षता रहेको भन्दै त्यस्ता प्रतिभालाई नियालेर बाहिर ल्याउनुपर्ने बताइन् । त्यस्ता प्रतिभालाई बाहिर ल्याउने पर्वको रुपमा तीजलाई लिन सकिने बताइन् ।
कार्यक्रममा संघिय सांसद राजु थापाले नेपाली महिलाहरुको तिज पर्वको शुभकामना व्यक्त गर्दै तडक भडक रहित तिज मनाउनुपर्नेमा जोड दिए । खर्चिलो र तडकभडकले तीज पर्वको परम्परागत हराउन थालेकोले त्यस्ता बिकृतिहरु हटाउन सभापति थापाले आग्रह गरे । नेपाली महिलाहरुको योगदानको चर्चा गर्दै सभापति थापाले हामीबाटै संस्कृतिको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटिले गितको माध्यमबाट समाजका विकृत्ति र विसंगतिलाई प्रहार गरिने पर्व एउटा मुक्तिको पर्व भएको बताए । हरेक बर्षको बेदना हरेक बर्षदिनमा आउने तीजमा पोख्ने एउटा माध्यम नेपाली महिलाहरुलाई मिलेको भन्दै पुरानो संस्कृतिलाई नभुल्न सभापति जिटीले आग्रह गरे ।
कार्यक्रममा नेपाल महिला संघ केन्द्रिय सदस्यद्धोय माया केसी र हिरादेवी शर्मा, नेपाल महिला संघ साविक क्षेत्र नं. ३ का सभापति गायत्री आचार्य, नेपाली कांगे्रस आँधीखोला गाउँपालिका सभापति नरेन्द्रराज पौडेल, नेपाली कांगे्रस वालिङ नगर उपसभापति सिता थापालगायतले तिज पर्वले महिलाहरुलाई थप शसक्त बनाउन महत्वपुर्ण भुमिका खेलेको बताए । नेपाल महिला संघ जिल्ला कार्यबहाक अध्यक्ष देवि अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सचिव तारा मल्ल र संचालन सचिव बन्धना लम्साल धन्यवाद कोषाध्यक्ष सरस्वती बगालेले गरेकी थिइन् ।
महिलाहरुको सांगठानिक क्रियाकलापमा महत्वपुर्ण भुमिका खेलेको भन्दै तिनजना महिलाहरुलाई सम्मान गरेको महिला संघ वालिङ नगर समितिका सचिव शान्ता थापाले जानकारी दिइन् । हरेक आन्दोलनको नेतृत्वदायी भुमिका निर्वाह गरी नेपाली महिलाहरुको हक अधिकार सुनिश्चित गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै प्रेमकुमारी रेग्मी, अम्बिका पौडेल, नन्दकली पौडेल, मखमली श्रेष्ठ, राजकुमारी गुरुङ र गीता भट्टराईलाई सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु नेत्र खड्का, सुनिता नेपाली, राजेश भण्डारी सहित स्थानीय कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया