अनेमसंघको नगर भेला तथा तीज विशेष कार्यक्रम सम्पन्न

अमृत अर्याल
भीरकोट ।

नेकपा एमाले निकट अखिल नेपाल महिला संघ भीरकोट नगर कमिटीको आयोजनामा नगर भेला तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । भीरकोटस्थित सिटी हलमा आयोजित कार्यक्रममा अनेमसंघ निकट महिला लगायत अन्य एमालेका नेताहरुको समेत उपस्थिती रहेको थियो हरीतालिका तीजको शुभकामना आदानप्रदानपछि सहभागीले दर खादै नाँचगान गरेर तीज विशेष कार्यक्रम मनाएका थिए । कार्यक्रममा नगर भित्रका ३ सय ५० भन्दा बढी महिलाको सहभागिता रहेको थियो ।

अनेमसंघ भीरकोट नगर कमिटी अध्यक्ष सम्झना थापाको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य एबम् नेकपा एमाले केन्द्रीय सदस्य सीता सुन्दासले पर्व र संस्कृतिले सौहर्दता ल्याउने र समाजलाई परिवर्तशिल बनाउने बताईन । उनले पछिल्लो समय पर्व र संस्कृतिको नाममा देखिएको तडक भडकप्रति चिन्ता ब्यक्त गर्दै तडक भडक रहित अवस्थामा पर्वलाई पर्वकै रुपमा मनाउन सबैलाई आग्रह समेत गरिन । उनले संविधानले स्थानीय तहको प्रमुख तथा उपप्रमुख मध्ये एक महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको बताउँदै उक्त व्यवस्थाबाट प्राप्त हक अधिकारलाई रक्षा गर्दै आगामी दिनमा आरक्षण र समानुपातीक भन्दा पनि योग्ता र क्षमताको वृद्धि गर्दै खुल्ला प्रतिस्पर्धाको माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिईन् ।

कार्यक्रमका विशिष्ठ अतिथी नेकपा एमाले केन्द्रीय सदस्य सिमा क्षेत्रीले समाजलाई परिवर्तनको सन्देश दिदै हरीतालिका तीज पर्व मनाउन आग्रह गरीन् । क्षेत्रीले नेपाली महिला आधा आकाश ढाक्ने मात्र नभई राष्ट्र निर्माणका पहरेदार भएको बताईन् । उनले नेपालमा लामो राजनीतिक आन्दोलनसँगै संविधानमा नै महिलाको हक अधिकारलाई लिपिवद्ध गर्न सफल भएको बताउँदै अधिकारलाई उचित प्रयोग गरी आत्मनिर्भर तर्फ उन्मुख हुन सम्पूर्ण उपस्थित महिला दिदी बहिनीहरुलाई आग्रह समेत गरिन् ।

सो अवसरमा नेकपा एमाले जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे (पारस), मोहन रेग्मी, नेकपा एमाले जिल्ला उपसचिव चिनमाया गुरुङ, महिला नेतृ तारा शर्मा, मन्जु के.सि., शिव कुमारि रोका, हर्कबहादुर गुरुङ, चन्द्र बस्नेत, डोलराज ढुङगाना, तोयनारायण श्रेष्ठ, वसन्त खत्रीे लगायतले सम्बोधन गरेका थिए । तीजलाई कुनै भड्कीलो हुन दिनु नहुनेमा जोड दिँदै उपस्थित महिलाहरुले चाडवाडका नाममा हुने विभिन्न प्रकारका हत्या, हिंसा, चोरी, डकैतीलगायतका कार्यहरुलाई न्युनिकरण गर्दै आफ्नो विभिन्न प्रकारका चाडवाडहरु मनाउनुपर्नेमा जोड दिएका छन् । देखाउनलाई नभई संस्कृति तथा परम्परालाई जगेर्ना गर्नु अहिलेको अपरिहार्यता रहेकोमा जोड दिँदै राष्ट्र, राष्ट्रियताको जगेर्नामा महिलाहरुको अहम भूमिका हुने सहभागीहरुले बताएका छन् । कार्यक्रमको संचालन अनेमसंघ नगर सचिव सिर्जना गौतम काफ्लेले र स्वागत नगर उपाध्यक्ष सिमा खनालले गरेका थिए ।

प्रतिक्रिया