वालिङको झण्डै ९७ करोडको बजेट सार्वजनिक
वालिङ ।
वालिङ नगरपालिकाको बजेटमा विवाद आएपछि बिहिवार पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्ष २०८१÷०८२ को आयव्यय बजेट विवरण सार्वजानिक गरेको छ । नगरपालिकाले झण्डै ९७ करोडको बजेट पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । नगरपालिकाका प्रवक्ता पदमराज गुरुङ्ले आर्थिक बर्ष २०८१÷०८२ का लागि ९६ करोड ७७ लाख १४ हजार ७ सय ४१ रुपैयाँ बजेट पत्रकार सम्मेलनमा सार्वजनिक गरे । बजेट नागरिकमुखी नभएको गुनासो आइरहेका बेला नगरपालिकाले सिमित साधनश्रोतका विच बजेटको सार्वजनिक गरेको थियो ।
आम्दानी शिर्षकमा आन्तरिक र संघियतर्फ ८९ करोड ८४ लाख ६८ हजार ७४१ र प्रदेश सरकारबाट ६ करोड २९ लाख ४६ हजार गरी ९६ करोड १४ लाख १४ हजार ७ सय ४१ रुपैयाँ आएको प्रवक्ता गुरुङ्ले जानकारी दिए । त्यसैगरी मर्मत सम्भार कोष खातामा ६३ लाख गरी नगरपालिकाको कुल बजेट ९६ करोड ७७ लाख १४ हजार ७ सय ४१ रहेको उल्लेख गरे । यसैगरी खर्च तर्फ संघीय आयोजना तथा कार्यक्रममा ४६ करोड ९ लाख ७५ हजार ५ सय, प्रदेश सरकार समानीकरण अनुदान तर्फ २१ करोड २ लाख २० हजार, बजेट उप शिर्षक तथा वित्तिय समानीकरणमा १५ करोड १० लाख रहेको छ ।
त्यसैगरी स्रोत राजस्व बाँडफाँड सवारी साधन प्रदेश सरकारबाट १ करोड ५७ लाख २६ हजार, संघिय सरकार राजस्व बाँडफाँडमा १२ करोड ९८ लाख, दहत्तर—बहत्तर÷ढुङ्गा गिट्टी बालुवा÷विज्ञापनमा ६१ लाख ९८ हजार, विपद व्यवस्थापनमा १ करोड, आन्तरिक स्रोत अल्या तर्फ १५ करोड ६६ लाख ९३ हजार २ सय ४१ रहेको उल्लेख गरिएको छ ।
बजेट ढिलागरी आएपनि नागरिकमुखी रहेको र नगरपालिका बनाउन सबै एकजुट हुनुपर्ने नगर प्रमुखले पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनमा उपप्रमुख अनुपस्थित रहेकी थिइन् भने वडा अध्यक्ष र कार्यपनिलका सदस्हरु सहभागी थिए । सर्वसहमति बाट भन्दा पनि बहुमतबाट बजेट पारित गरिएको एक कार्यपालिका सदस्यले बताए ।
प्रतिक्रिया