गल्याङमा पत्रकारहरुको सामुहिक दर

हिमाल न्यौपाने,
गल्याङ ।
स्याङ्जाको गल्याङ्मा पत्ररकारहरुले सामुहिक तीजको दर खादै शुभकामना आदनप्रदान गरेका छन् । गल्याङ्मा संचालनमा रहेका मिडिया हाउसहरुको संयुक्त आयोजनामा पत्रकारहरुले सामुहिक दर खाएका हुन् ।

महिलाहरुको हरीतालिका तिजको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रमको नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले उदघाटन गरेका थिए । कार्यक्रमको उदघाटन गर्दै महासंघका अध्यक्ष सिग्देलले मिडिया संचालकहरुले तिज पर्वलाई उत्साहमा बदल्न गरेको कार्यको उच्च प्रशंसा गरे । पत्रकार र पत्रकारका परिवार सगै बसेर दर खाने कार्यक्रमले सबैलाई एकठाउँमा जोडेको सिग्देलले उल्लेख गरे । गल्याङमा बिगत लामो समयदेखि संचालनमा रहेका, लक्ष्मी टेलिभिजन, गल्याङ एफ,एम, हिमाल डिजिटल, हेर्नेकुरा डटकम र गल्याङ पोस्टले दर खाने कार्यक्रमको संयुक्त आयोजना गरेका थिए ।

कार्यक्रममा लक्ष्मी टेलिभिजन संचालन ददीराम पाण्डे अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा महासंघका उपाध्यक्ष राधकृष्ण डुम्रे, टीकाराम अधिकारी, केपी खनाल, हिमाल न्यौपानेले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया