भीरकोट जेसिसले दियो स्टेशनरी सामग्री

भीरकोट ।
भीरकोट जेसिसले बालवर्ष आधारभूत विद्यालय, तिलाहारमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ । विद्यार्थीसँग जेसिज कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कापी, कलम, सार्पनर, इरेजर, झोला, क्रीकेट बल, ब्याट, फूटबल र खानेपानीको जार वितरण गरिएको भीरकोट जेसिजका अध्यक्ष भरत खड्काले बताए । जेसिसका पदाधिकारीहरूले मंगलबार विद्यालयमै पुगेर स्टेसनरी सामाग्री वितरण गरेका हुन् । अध्यक्ष खड्काका अनुसार विद्यार्थीहरूलाई ३० थान झोला, करिब १० दर्जन कापी, २ सेट क्रीकेट बल र ब्याट, २ थान फूटबल, १ सय थान पेन्सिल, इरेजर, १ सय ५० थान कटर वितरण गरिएको हो ।
स्टेशनरी वितरण कार्यक्रममा बोल्दै भीरकोट जेसिसका अध्यक्ष भरत खड्काले जेसिस सेवाभाव भएका युवाहरुको संगठन भएकाले समाजको दुखसुखमा सधैँ साथ रहेको जानकारी दिए । विद्यालयका प्रधानाध्यापक मेघनाथ पौडेलले स्टेशनरी सामग्री बुझ्दै दलित र विपन्न आय भएका विद्यार्थी अध्ययन गर्ने विद्यालयमै आई सहयोग गरेकामा जेसिसलाई विद्यालयको तर्फबाट आभार व्यक्त गरे । भीरकोट जेसिसका पदाधिकारीहरु विजय गुरुङ, सुशील अर्याल, शिव खनाल, जगदिश अर्याल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरूले समेत सामुहिक धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतिक्रिया