मृगौला पिडितलाई फोटोग्राफरको सहयोग

हिमाल न्यौपाने
गल्याङ् ।
स्याङजा जिल्लाभर छरिएर रहेका फोटोग्राफरहरुले मृगौला पिडितलाई सहयोग गरेका छन । स्याङजा जिल्ला गल्याङ नगरपालिका ६ पिडिखोला स्थाई बासिन्दा फोटो ग्राफर मञ्च स्याङजाका सदस्य सेर बहादुर थापाको श्रीमती २९ बर्षिय पुजा थापाको दुवै मृगौला फेल भई उपचारको क्रममा काठमाण्डौ टिचिङ अस्पतालमा उपचारत छन् ।

थापाको श्रीमतीको उपचारका लागि फोटोग्राफर मन्चले भदौ पिडितका आफन्त रबिन थापालाई १९ हजार ५ सय रुपैया आर्थिक सहयोग गरेको हो । मृगौला पिडित थापालाई सहयोग सानो भएपनि फोटोग्राफर मन्च साथमा छ है भन्ने हौसला प्रदान गर्न सहयोग गरेको मन्चका अध्यक्ष बिमल खनालले बताए । हरेक समस्यामा सांगठानिक एकता आवश्यकता रहनुपर्छ भन्ने उदेश्य मन्चको रहदै आएको अध्यक्ष खनालको भनाई थियो ।

२०७८ साल माघ २ गते जिल्ला प्रशासन कार्यालय स्याङ्जामा बिधिवत रुपमा दर्ता भई संचालनमा रहेको मन्चले आफ्ना सदस्यहरुलाई परेको समस्यामा सारथी बनुपर्ने अध्यक्ष खनालको भनाई छ ।

मानिस स्वास्थ्य रहनुजेल आफै काम गर्न सक्ने र कुनै अप्ठयारो परेको खण्डमा सस्थाले सहयोग गर्नका लागि फोटोग्राफर मञ्च दर्ता गरिएको बताइएको छ । आगामी दिनमा मन्चलाई अभैm मजबुत बनाउदै अफठ्यारोमा परेका साथीहरुलाई साथ र सहयोगमा तत्परता रहनुपर्ने मन्चले जनाएको छ ।

 

प्रतिक्रिया