श्रीमानले कमाएको १ करोड लिएर श्रीमती टाप कसेपछि
भीरकोट ।
दुई छोरीकी आमा श्रीमानले कमाएको साह्रा सम्पत्ति लिएर भाग्दा कस्तो होला ? श्रीमान विदेश भएको मौका छोपी सासु र छोरीहरुलाई छाडेर भाग्दा के होला ? नानीहरुको अवस्था कस्तो हुदो हो ? नियमति फोन सम्पर्क हुदाहुदै पनि लामो समयपछि स्वदेश फर्कदा सहरावीहिन नानीहरु देख्दा ती अभागी बाबूलाई कस्तो भयो होला ? भोग्नेलाई नै थाहा हुन्छ ! स्याङ्जाको विरुवा गाउँपालिका वडा नं. ८ गैरीस्वारा घर भै हाल भीरकोट नगरपालिका वडा नं. १ बयरघारीमा बस्दै आएका मनबहादुर कुँवरलाइ भयो यस्तै । साउदी अरबबाट स्वदेश फर्कदा आफ्नो सहारा विहिन नानीहरुसँग भेट्दा उनी भक्कानिए ।
विदेशीहरुको गुलामी गरेर कमाएको पैसा उनकी श्रीमतीले लिएर भागिन् । साउदी अरबमा १५ वर्ष काम गरेर आर्जेको सम्पत्ति लिई २ छोरीलाई छाडेर भाग्दा ती निर्दयीलाई के भन्ने कुँवरले सोच्नै सकिरहेका छैनन । न्यायको खोजीमा उनी भौतारिदै प्रहरी कार्यालय पुगका छन् । प्रहरीमा उनले ‘श्रीमती हराएको’ तथा ठगी गरेको विषयमा निवदेन दर्ता गराएका छन् । २० बर्ष पहिले कमला भनेर चिनिने भीरकोट नगरपालिका वडा नं. ८ की समिक्षा कुँवरसँग उनी विवाह बन्धनमा बाँधिएका थिए । विवाह भएको केही बर्षमै उनी कमाउनका लागि भनेर साउदी अरब हानिए । उनी आफ्नो सुनौलो भविष्य बनाउनका लागि भनी आमा र श्रीमतीलाई छाडेर साउदी अरब गएका थिए । जोखिमपूर्ण काम गर्दा साउदी अरबमा कुँवरले मासिक १ लाख ६० हजार पाउथे ।
१५ बर्षसम्म अरबमा रहदा उनले पटकपटक गरी श्रीमतीलाई करिब ७० लाख रुपैँया पठाएका थिए । श्रीमानले पठाएको रकमबाट समिक्षाले नि तराईमा केही रोपनी जमिन खरिद गरेकी थिइन् । घर घडेरी सबै श्रीमतीको नाममा थिए । सुखमय तरिकाले उनीहरुको जीवन व्यतित भइरहेको थियो । गत महिना उनी स्वदेश फर्कदा भयभित बने । अरबमा रहदा श्रीमतीलाई पठाएको ७० लाखको के कुरा, उनले आफनो घर र घडेरी नै बेचिएको तथा १८ तोला सुन समेत हिनामिना गरेको थाहा पाए । छोराछोरीको कान्ति विजोग देखे । घरमा श्रीमती थिइनन् । २०८० चैत्र ४ गतेदेखि फरार भएकी श्रीमती गत असार ८ गते दुवई भागेको थाहा भएपछी छोराछोरीको अवस्था देखेर उनले आफनो आँशु थाम्न सकेनन् ।
बुटवलतिरको एकजना थारुसँग हिमचिम बढेको भन्ने सुनेको थिए, उसैको सेटिङमा दुवई भागेको थाहा पाए । श्रीमतीले १ करोड १० लाख बराबरको सम्पत्ति लिएर भागेको पीडित कुँवरले बताए । टाउकमो ठूलो बज्रपात परेको बताउदै उनले भावुक हुदै भने–‘मलाई जोगी नै बनाएर भागिछे । कमसेकम छोराछोरीको त माया हुन्छ नि ! ‘घर घडेरी र नगद के कुरा, निष्ठूरीले मेरी आमाको सुन समेत लिएर भागिछे’ कुँवरले भने–‘घर बनाउँला भनेको, भाडामा बस्ने नै बनाइ ।’ हाल उनको परिवार भीरकोट–१ बयरघारीमा आफन्तीको घरमा २ छोरी आमाको साथमा बसेका छन् ।
प्रहरी चौकी दहथुमका प्रमुख प्रमोद कडेलले भने–‘कानूनी अड्चनहरु धेरै नै छन् । पुरुष हिंसा देखीएपनि नेपालको कानूनमा यो सम्बन्धि कानून नै निर्माण भएको छैन । मानिस हराएको निवदेनको आधारमा श्रीमतीको खाजी गर्न मात्र सक्छौँ ।’ श्रमीतको खोजी गर्नका लागि कुँवरले ससुरालीकहाँ जादा समेत उल्टै हप्कादप्की खानुपरेको गुनासो गरे । आफ्ना व्यथाहरु सुनाउदै श्रीमतीको खोजी गर्न आग्रह गर्दै उनले आफूलाई न्याय दिलाइदिन कानूनका ज्ञाताहरुसँग आग्रह समेत गरेका छन् । आफ्नो साहारा कोही नभएको उनले बताए ।
साउदी अरबमा प्रतिमहिना १ लाख ६० हजार तलवमान कायम हुँदा मासिक डेढ लाख श्रीमतीका नाममा पठाउने गरेको कुँवरको दावी छ । घरमा आमा, २ छोरी तथा श्रीमतीलाई छाडेर परदेशिएका कुँवरले आफ्नै श्रीमतीवाट धोका पाएका छन् । केही समय अघि मात्र नेपाल फर्किएका कुँवरले श्रीमतीको नाममा मुद्दा दर्ता गराएका छन् । त्यत्रो पैसा कहाँ त्यसै छाड्न सकिन्छ रगत पसिना गरेर कमाएको हो, कुनै हालतमा पनि मैले छोड्दिन, उनले भने । कुँवरकी आमा तिलकुमारी भुजेलले पनि बुहारी खोजी पाउँ भनी प्रहरीमा निवेदन दिएकी छन् । अहिले आफ्नो पेन्सनले नातीनीहरुको पालनपोषण गरिरहेको भुजेलले बताईन् ।
प्रतिक्रिया