वालिङ क्याम्पसका विद्यार्थीलाई छात्रबवृत्ति वितरण

स्याङ्जा ।
नेपालकै सामुदायीक तर्फको जेठो उच्च शैक्षिक संस्था वालिङ बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति वितरण गरिएको छ । स्नातक तह तेस्रो बर्ष (२०७७ समुह) का विद्यार्थीहरुलाई क्याम्पसले छात्रवृत्ति वितरण गरेको हो । क्याम्पस संचालक समिति अन्तर्गत छात्रावृत्ति उपसमितिले गरेको छनोटको आधारमा २६ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका हुन् ।
उक्त समुहमा अध्ययनरत विद्यार्थीहरुबाट संकलन भएको मासिक शुल्कको ५ प्रतिशत रकम छात्रवृत्ति दिने क्याम्पसको विधानमा उल्लेख छ । सोही विधानका आधारमा छात्रवृत्ति उपसमितिले छनोट गरी छात्रवृत्ति वितरण गरेको संयोजक नेत्रप्रसाद पाण्डेले जानकारी दिए । क्याम्पसले हरेक बर्ष छात्रवृत्तिको आवेदन खुला गर्ने र छात्रवृत्ति निर्देशिकाले दिएको मापदण्ड अनुसार विद्यार्थी छनोट हुने व्यवस्था रहेको संयोजक पाण्डेले बताए ।

विगतका बर्षहरुमा छात्रावृत्ति पाउने भएपनि सार्वजनिक नगरी वितरण गर्ने प्रचलन रहेको थियो । यो बर्षदेखी सबै विद्यार्थी, अभिभावक र संचालक समितिले थाहा पाउनेगरी छात्रावृत्ति वितरण गर्न थालिएको क्याम्पसका उपाध्यक्ष केदार काफ्लेले बताए । सार्वजनिक गर्ने प्रचलनले विद्यार्थीमा थप उत्साह थपिने र क्याम्पसमा छात्रावृत्ति पनि पाइने रहेछ भन्ने जानकारी पाउने उपाध्यक्ष काफ्लेको भनाई छ । पार्दशिता र जवाफदेहीता हुनेगरी वितरण गर्दा विद्यार्थीले छात्रवृत्तिमा अन्याय भएको महशुष नगर्ने काफ्लले बताए ।

क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई समान अपनत्व हुनेगरी छात्रवृत्ति वितरण गरिएको क्याम्पस प्रमुख भिमप्रसाद पंगेनीले बताए । गुणस्तरीय शिक्षा सगै विद्यार्थीले पाउने अधिकारमा क्याम्पसले कुनै कसुर बाँकी नराखेर कार्यसम्पादन गरिरहेको पंगेनीले बताए । छात्रवृत्ति वितरण कार्यक्रममा संचालक समितिका सदस्य पदमप्रसाद पाण्डे, आनन्द पाठक, रुक्मागत पौडेल, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, प्रध्यापक यामबहादुर जिसी लगायतका बक्ताहरुले विद्यार्थीको हक अधिकारका विषयमा सहयोग रहने बताएका थिए । क्याम्पसको भबिष्य त्रिकोणात्मक सम्वन्ध रहेको भन्दै बक्ताहरुले विद्यार्थी, अभिभावक र प्रध्यापकहरु सगँको सहकार्यले नै क्याम्पसको भबिष्य सुनिश्चित हुने बताएका थिए । वालिङ बहुमुखी क्याम्पसमा स्याङ्जा, पर्वत, गुल्मी लगायतका जिल्लाका विद्यार्थी अध्ययनरत रहेका छन् ।

 

प्रतिक्रिया