गरिमाको डिपुटी सिइओमा रेग्मी नियुक्त

स्याङ्जा ।
नेपालका विकास बैंकहरु मध्ये अब्बल मानिदै आएको गरिमा विकास बैंकले डिपुटी सिइओ नियुक्त गरेको छ । बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिपुटी सिइओ)मा स्याङ्जाका अनिल रेग्मीलाई नियुक्त गरेको हो । गरिमा विकास बैंकको संचालक समितिको बैठकले असोज १ गतेदेखी लागु हुनेगरी रेग्मीलाई डिपुटी सिइओमा नियुक्त गरेको छ । २ बर्षदेखी सहयाक प्रमुक कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका रेग्मी एक अनुभवी बैकर्स पनि हुन् ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले २०८० चैत्र १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आउनु भएको छ । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ बर्ष कार्य गरको अनुभव रहेको छ ।

बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रहेका रेग्मीसँग बैंकिङ्ग लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरेको अनुभव समेत रहेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया