निराशाका बीच—जिल्लाभर संविधान दिवसको उत्सव

स्याङ्जा ।
२०७२ साल असोज ३ गते जारी भएको नेपालको वर्तमान संविधान कार्यन्वयनमा आएको ९ बर्ष पुरा भएको छ । नेपाली जनताले आफै बनाएको वर्तमान संविधान जारी भएको यो दिनलाई देशभर उत्सवका रुपमा मनाउदै आइएको छ । यो बर्ष संविधान दिवस, राष्ट्रिय दिवस र झण्डा दिवस एकैदिन परेको थियो । जनताले नै निर्माण गरेको यो संविधान लागु भएपछि सिंहदरवारको अधिकार आफ्नै घरआँगनमा आउने आशामा नेपाली जनता थिए । तरपनि केन्द्रीकृत शासन प्रणालीले गर्दा अझै पनि जनताले संविधानमा उल्लेख भए अनुसारको अधिकार प्राप्त गर्न सकेका छैनन । त्यसैले जनतामा अहिले चरम निराशा छाएको छ ।
जनतालाई अधिकार सम्पन्न गराउने गरी तयार भएको संविधान कार्यन्वयनको ९ बर्ष वितिसक्दा पनि यसले आशातित् सफलता हासिल गर्न नसकेको गुनासो संविधानविद्हरुको छ । नयाँ संविधान जारीभएपछि केही कुरामा परिवर्तनको आभास जनताले गरेतापनि पुर्णता प्राप्तीको महशुस भने अझै गर्न सकेका छैनन । यसको ज्वलन्त उदाहरण स्थानीय सरकारका बेथिती, संघ र प्रदेश सरकारको अस्थिरता नै हो । गाउँ—गाउँमा आएको सिंहदरवारले जनताको मन र विश्वास जित्न पटक्कै सकेन् । जनताले नजिकको सरकारको रुपमा चिन्न सकुन भनेर संविधानमा व्यवस्था गरिएपनि स्थानीय सरकारले जनताको खासै पिरमर्का नबुझेको आम नागरिकको दुखेसो छ । स्थानीय सरकारको एक कार्यअवधी परिक्षण गरि अर्को निर्वाचन भएको दुईबर्ष वितिसक्दा पनि विकासमा नयाँपन दिन नसक्दा गाउँका सिंहदरवारप्रति नागरिकको विश्वास दिनप्रतिदिन घट्दै जान थालेको हो ।
जसले गर्दा प्रदेश र संघिय सरकारप्रति पनि नागरिकको नैराश्यता बढ्दै जान थालेको छ । असोज ३ गतेलाई संविधान दिवसको रुपमा उत्सव मनाएपनि नागरिकप्रति देखिएको नैराश्यतालाई घटाउन तिनैतहका सरकारहरु लागिपर्नु पर्ने देखिन्छ । नागरिकका सामान्य मागलाई समेत सम्बोधन गर्न नसक्ने अवस्था सिर्जना हुदै जाँदा संविधानले दिएको अधिकार कार्यन्वयन हुन सकेन भन्ने आवाज उठ्न थालेका छन् । नागरिकका हक अधिकार सुनिश्चित गर्न भन्दै गरिएको आन्दोलन र नागरिककै बलमा फेरिएको मुलुकको चित्रलाई केलाएर हेर्दा विगत र वर्तमानमा कुनै फरकपन आउन नसकेको गुनासो नागरिकको छ ।
प्रतिक्रिया