भीरकोटमा नयाँ प्रमुख प्रशासकीय अधिकृत गौतम हाजिर

भीरकोट ।
स्याङ्जाको भीरकोट नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत थमन सिंह गौतम हाजिर भएका छन् । प्रमुख प्रशासकीय अधिकृत गौतमलाई एक कार्यक्रमकाबीच नगरपालिकामा स्वागत गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गौतमलाई गएको भदौ ७ गते भीरकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा गरेको थियो । गौतम असोज ७ गते मात्र भीरकोट नगरपालिकामा हाजिर भएका हुन् । प्रमुख प्रशासकीय अधिकृत गौतमको स्वागतमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार कर्माचार्य, वडा अध्यक्ष लगायतका जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले कर्मचारीहरुले सेवाभावले काम गर्नुपर्ने बताए । राम्रो काम गर्ने वातावरण सिर्जना गर्नेतर्फ सम्वद्ध सबैको ध्यान जानुपर्नेमा उनले जोड दिए । नागरिकको सेवा प्रवाह आफ्नो प्राथमिकतामा रहेको उनको भनाई थियो । गौतम यसअघि बाग्लुङको गल्कोट नगरपालिकामा कार्यरत थिए । गल्कोटमा रहँदा आफुले सुशासन र मितव्यायीतालाई प्राथमिकतामा राखेर काम गरेको गौतम बताउँछन् । यसअघि कार्यरत भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । गौतम हाजिर भएसंगै नगरपालिकाका आर्थिक तथा प्रशासनिक कामहरु अघि बढेका छन् ।
प्रतिक्रिया