ग्रामीण विकास संस्थाको गल्याङमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गल्याङ ।

स्याङजाको गल्याङमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि। गल्याङ शाखाको आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सोमवार रेड पिपर पार्टी प्यालेसको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । अर्थिक समृद्धिका लागी वित्तीय साक्षरताू भन्ने उद्धेश्यका साथ सो कार्यक्रमको आयोजना गरिएको हो । देशभर १ प्रधान कार्यालय, ५ वटा संचालन तथा सुपरीवेक्षण कार्यालय,१८९ शाखा मार्फत ५७ जिल्लामा सेवा प्रदान गरिरहेको संस्थाले वित्तिय साक्षरता कार्यक्रम मार्फत रचनात्मक कार्यक्रम गर्दै आएको छ । सेवाग्राहीलाई सहुलियत कर्जामा व्याजको सुविधा प्रदान गर्दै आएको संस्था २०७१ साल श्रावण ३० गते साविकका पाँचै क्षेत्रका ग्रामीण बैंक हरु मर्जर पश्चात विधिवत रुपमा स्थापना भएर निरन्तर संचालनमा रहेको छ ।

उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले वित्तीय साक्षारताको प्रशिक्षण दिनुहुँदै ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि। सरकारी स्वामित्वमा संचालित संस्था रहेकाले संस्थाका सदस्यहरुलाई कर्जा मिनाहाको अफवाहको पछि नलाग्न, अराजक किसिमका क्रियाकलाप नगर्न, पारिवारिक बजेट बनाई आम्दानीको कम्तीमा १० प्रतिशत बचत गर्ने बानीको विकास गर्न सुझाव दिए । महिलाहरुलाई स्वरोजगार बनाउनका लागि बिना धितोमा ऋण उपलब्ध गराउँदै कर्जा, कर्जाको सदुपयोगिता, कर्जाको दुरुपयोगबाट हुनसक्ने फाइदा तथा बेफाइदाहरूको विषयमा प्रशिक्षण दिनुहुँदै आर्थिक स्तर उकास्नमा अग्रसर रहन उत्प्रेरणा प्रदान गरे ।

कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले लघुवित्त क्षेत्रमा गल्याङ सानो बजार भएतापनि फराकिलो क्षेत्र गराई अगाडि बढेकोमा संस्थाको प्रशंसा गरिन् । लघुवित्त क्षेत्रमा नगरपालिका भित्र रहेका समस्याको समाधान गर्ने प्रतिवद्धता जनाउँदै संस्थाको थप उन्नति प्रगतिको शुभकामना समेत व्यक्त गरिन् ।

वित्तिय साक्षरता कार्यक्रममा करीब १ सय ३० जनाको उपस्थिति रहेको थियो । साथै कार्यक्रमको सभापतित्व गल्याङ शाखाका शाखा प्रबन्धक एन.पी. सापकोटाले गरेका थिए भने संचालन प्रधान कार्यालयका सहायक अधिकृत इश्वर लम्सालले गरेका थिए । उद्यमशीलताको विकास गरी इजाजत प्राप्त संस्थाबाट मात्रै कारोवार गर्नुपर्ने र आफ्नो कारोबार चुस्त र दुरुस्त राख्न समेत सदस्यहरुलाई शाखा प्रवन्धक सापकोटाको आग्रह थियो ।

प्रतिक्रिया