स्याङ्जाका तीन कार्यालय स्वास्थ्य सेवा प्रवाहमा प्रदेशमै उत्कृष्ट
स्याङ्जा ।
स्याङ्जाका तीन कार्यालय स्वास्थ्यमा प्रदेशमा उत्कृष्ट भएका छन् । स्वास्थ्य क्षेत्रको सेवा प्रवाहमा गण्डकी प्रदेशमै उत्कृष्ट रहेको भन्दै सम्मानित भएका हुन् । स्याङ्जाको जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय प्रदेशकै पहिलो र पुतलीबजार नगरपालिका प्रदेशको तेस्रो भई एक कार्यक्रममा सम्मानित भएका छन् । आर्थिक वर्ष २०८०÷०८१ को प्रदेश स्तरीय वार्षिक समिक्षामा स्वास्थ्य सूचकहरुको आधारमा गण्डकी प्रदेश अन्तर्गतका कार्यालयहरु मध्येबाट जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र पुतलीबजार नगरपालिका सर्वोत्कृष्ट भएको भन्दै सम्मान गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
बिहिवार प्रदेशस्तरीय समिक्षामा स्वास्थ्य क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरुको मूल्याङ्कनको आधारमा एघार जिल्लाका अस्पतालहरु मध्ये जिल्ला अस्पताल स्याङ्जाले ९२.२ अंक प्राप्त गरेको छ । त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरु मध्ये ८३.२ अंक प्राप्त गरेको छ । जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जा गण्डकी प्रदेशकै सर्वोकृष्ट बन्न सफल भएका थिए । गण्डकी प्रदेश भित्र रहेका ८५ स्थानीयतह मध्ये पुतलीबजार नगरपालिकाले ८२.३ अंक प्राप्त गरी तेस्रो भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनमा आर्थिक बर्ष २०८०÷०८१ मा प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीमा प्रदेशकै उत्कृष्ट बनेका दुई स्वास्थय कार्यालय र तेस्रो बनेको पुतलीबजार नगरपालिकालाई आगामी दिनमा थप जनस्वास्थ्य सुधारका कार्यहरु एवं जनअपेक्षा अनुसार गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न विश्वास सहित स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सम्मान गरेका थियो ।
प्रतिक्रिया