संविधानमा धर्म निरपेक्षता हटाउनुपर्छ ः अध्यक्ष लिङ्देन

गल्याङ् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २०७२ सालमा बनेको संविधानमा धर्म निरपेक्ष हटाउनुपर्ने बताएका छन् । स्याङ्जाको गल्याङ् १ उत्तर बाहिनीमा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले संचालन गरेको मातापिता पूजन एंव गण्डकी शालग्राम दामोदर महोत्सवमा बोल्दै अध्यक्ष लिङ्देनले नेपाली जनताले थाहा नै नपाएको धर्म निरपेक्ष संविधानबाट हटाउनुपर्ने बताएका हुन् । नेपाली जनताले सुन्दै नसुनेको धर्म निरपेक्ष शब्दलाई संविधानमा राखेर झुक्काएको आरोप अध्यक्ष लिङ्देनले लगाए ।

हिन्दुराज्य हटाएर नेपाल र नेपालीको धर्ममाथी नेताहरुले गद्धारी गरेको आरोप लगाउदै अध्यक्ष लिङ्देनले अव मुलुकलाई हिन्दु राज्य बनाउन मत परिवर्तन गर्नुपर्ने धारणा राखे । देशभन्दा धर्म ठुलो हो भन्दै अध्यक्ष लिङ्देनले भुटानको उदाहरण दिदै भुटानमा रहेका हिन्दुहरुले धर्म छाड्न नमान्दा देश छाडेको बताए । देश र धर्ममा कुन रोज्ने भन्ने हो भने मानिसले धर्म नै रोज्ने छन् उनले भने,‘भुटानका हिन्दुहरुले देश भन्दा धर्म रोज्दा देश छाडेका छन् ।’ यो उदाहरण भुटानी शरणार्थीको हेरे पुग्छ उनले भने । हाम्रो संघिय संविधानमा धर्म निरपेक्ष राखेपनि देश छाड्न भने नपरेको बताए ।

अध्यक्ष लिङ्देन स्याङ्जा आउदै गर्दा जिल्ला सदरमुकाम पुतलीबजार, वालिङ, गल्याङ्मा राप्रपाका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए । स्वागत सगै अध्यक्ष लिङ्देनले कायकर्ता भेटघाट समेत गरेको राप्रपा स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया