स्याङ्जा काँग्रेस एकसय दिन अभियानमा

स्याङ्जा ।
नेपाली काँग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार स्याङ्जा काँग्रेस ‘१०० दिन बिशेष अभियान’ कार्यक्रम शुरु गर्ने तयारीमा छ । अभियान शुभारम्भ गर्न नेपाली काँग्रेस स्याङ्जाले जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेसन प्रतिनिधि, क्षेत्र, प्रदेश,पालिका देखी वडातह सम्मका नेता तथा कार्यकर्ताहरुलाई सहभागीका लागि अनुरोध गरेको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा एक सय दिन अभियानका केन्द्रीय प्रतिनिधि टेकप्रसाद गुरुङ्लाई केन्द्रले खटाएको छ । मंसिर ३ गते सोमबार केन्द्रीय प्रतिनिधि गुरुङ्को बिशेष उपस्थतीमा यो अभियान शुभारम्भ गर्ने तयारी रहेको नेपाली काँग्रेस स्याङ्जाका कार्यबहाक सभापति केदार काफ्लेले जानकारी दिए । का.वा सभापति काफ्लेका अनुसार जिल्ला देखी वडातह सम्मका नेता तथा कार्यकर्ता, केन्द्र र प्रदेश समितिमा जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरु, वर्तमान तथा पुर्व सांसदहरुलाई कार्यक्रममा सहभागीका लागि पत्रचार गरिसकेको बताए ।

यो अभियानले केन्द्रीय समितिले निर्देशन गरे अनुसारको काम कर्तव्य र जिम्मेवारी नेता तथा कार्यकर्ताहरुले गरे नगरेको बिषयमा अनुगमन, विकासका गतिको अवस्था र नियमित बैठक बसेको वा नबसेका बिषय सहित काँग्रेससगँ जोड्ने अभियान रहेको नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा प्रतिनिधि सभा सदस्य राजु थापाले जानकारी दिए । सोमबार अभियानको शुभारम्भ पछि जिल्लाले वडातहसम्म प्रतिनिधि खटाउने छ सभापति थापाले भने,‘प्रतिनिधिहरु वडातह सम्म पुगेर त्यहाँको गतिविधि जिल्लालाई बुझाउने छन् ।’ जसले गर्दा जिल्ला र वडातह सम्मका कार्यकर्ताहरु बिच पार्टीभित्रका गुनासा, सुझाव समेटिने छ सभापति थापाले भने ।

सोमबार हुने कार्यक्रमको तयारी पुरा भइसकेको का.वा. सभापति काफ्लेले बताए । सबै काँग्रेसका कार्यकर्ता, शुभेच्छुक संस्थाका प्रमुख लगायत सबैलाई यो अभियानमा जोडिएर कार्यक्रम सफल बनाउन का.वा.सभापति काफ्लेले अनुरोध गरेका छन् ।

प्रतिक्रिया