भलिबल प्रतियोगिताको उपाधि बालोदयलाई

भीरकोट ।
प्याब्सन भीरकोट र भू.पु. सैनिक कम्युनिटी एकेडेमीले संयुक्त रूपमा आयोजना गरेको नगरस्तरीय भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बालोदय अंग्रेजी आवासीय माध्यमिक विद्यालयले उपाधि आफ्नो पक्षमा पारेको छ । फाइनल खेलमा बालोदयले बालज्योति अंग्रेजी आवासीय मा.वि. लाई २–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भयो । बालज्योती मा.वि.ले दोस्रो स्थानमा चित्त बुझायो । प्रतियोगिताको सेमिफाइनलमा बालज्योतिले भूपू सैनिक कम्युनिटी एकेडेमीलाई २–१ को सेटमा पराजित गरेको थियो । यसअघि, बालज्योतिले पहिलो खेलमा बुद्ध अंग्रेजी आवासीय मा.वि.लाई २–१ को सेटमा पराजित गरेको थियो । उता बालोदयले दोस्रो खेलमा कन्साइन्स अंग्रेजी आवासीय माध्यमिक विद्यालयलाई २–१ को सेटमा हराउँदै फाइनलमा प्रवेश पाएको थियो ।
बालोदयको यो जितले विद्यालयका विद्यार्थीहरूमा खेलकुदप्रतिको उत्साह बढाउने विश्वास लिइएको छ । प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्याब्सन भीरकोटका संयोजक साजन परियारले विजेता र सहभागी सम्पूर्ण विद्यालयलाई बधाई एवं धन्यवाद व्यक्त गर्दै भीरकोटका संस्थागत विद्यालयहरूबिचको सहकार्य र एकतालाई सुदृढ बनाउँदै शैक्षिक गुणस्तर सुधार्न प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा भीरकोटका ५ वटा संस्थागत विद्यालयहरूको सहभागिता रहेको थियो । प्याब्सन भीरकोटको संयोजनमा भीरकोटका ५ वटा संस्थागत विद्यालयमा त्रैमासिक परीक्षा, विद्यालय खुल्ने दिन र अतिरिक्त क्रियाकलापहरूमा एकरूपता ल्याइएको प्याब्सन भीरकोटका संयोजक साजन परियारले जानकारी दिए । तर भीरकोटका सामुदायिक विद्यालयहरूबिच एकता र सहअस्तित्वको भावना कमजोर देखिएको छ ।
प्रतिक्रिया