वालिङ क्याम्पसको नेविसंघ इकाई सभापतिमा निरज श्रेष्ठ
वालिङ ।
सामुदायिक क्याम्पसहरु मध्ये नेपालकै जेठो क्याम्पस वालिङ बहुमुखीमा नेविसंघको नयाँ नेतृत्व गठन गरिएको छ । वालिङ बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघ इकाई समितिको सभापतिमा निरज श्रेष्ठ चयन भएका छन् । विद्यार्थीहरु माझ निकै लोकप्रिय छवि बनाएका श्रेष्ठलाई नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले इकाई सभापतिमा चयन गरेको हो ।
वालिङ बहुमुखी क्याम्पस नेविसंघ इकाई समितिमा श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय चयन गरिएको नेविसंघका केन्द्रीय सदस्य विश्वास लम्सालले जानकारी दिए । केन्द्रीय सदस्य लम्सालका अनुसार इकाई उपसभापतिमा विशाल ढुङ्गाना, ममता रेग्मी, सन्जिप पंगेनी, बसन्त थापा, बिवेक कुँवर र प्रवेश पौडेल रहेका छन् ।
यसैगरी इकाई सचिवमा बविन पाठन, मुना भण्डारी, सह—सचिवमा बिजय रेग्मी, लक्ष्मी गैह्रे र कोषाध्यक्षमा पुजा कोइराला, सन्दिप पंगेनी, कृश कुँवर रहेका छन् ।
प्रतिक्रिया