रोयल सहकारीको साधरणसभामा पत्रकार कोइराला सम्मानित

स्याङ्जा ।
पुतलीबजार नगरपालिकामा रहेको रोयल बचत तथा ऋण सहकारी संस्थाले जिल्लामा क्रियाशिल रहेका एकजना पत्रकारलाई सम्मान गरेको छ । सहकारी अभियानमा कलम चलाउदै आएका नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष एवं हिमदुत अनलाइनका प्रधान सम्पादक प्रदिप कोइरालाई सहकारीले सम्मान गरेको हो । सहकारीको २३ औं बार्षिक साधरणसभा तथा १०औं अधिवेसन समारोहमा कोइरालालाई जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटी र मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज लम्सालले दोसल्ला, प्रशंसापत्र र नगदले सम्मान गरेका थिए । झण्डै दुईदशक देखी पत्रकारितामा क्रियाशिल रहेका कोइराला राष्ट्रिय, प्रदेश स्तरका संचार माध्यममा पनि कार्यरत छन् ।


कोइराला सहित सहकारीले सहकारीमा योगदान पुराएका ९ जना जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरेको छ । सहकारीमा योगदान पुरयाएको भन्दै भोलानाथ लम्साल, नियमित बचतकर्ता खीमामाया गुरुङलाई सम्मान गरिएको थियो । नियमित बचतकर्ता एवं जेष्ठ नागरिकहरुमा पूर्णचन्द्र उपाध्याय, रामबहादुर केसी, भुवनलाल खाती सुनार, लोकराज शर्मा, बेदप्रसाद उपाध्याय, हरिनारायण शर्मालाई सम्मान गरिएको थियो ।
साधरणसभा तथा अधिवेशनको उदघाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीले २०४६ सालअघि जिल्ला सदरमुकाममा दुई बटा बैंक रहेको र सेवा लिनका लागि यही आउनु पर्ने वाध्यता हुने गरेको बताए । बहुदलीय ब्यवस्थासंगै निजीकरणको अवधारणा अनुरुपपछि धेरै निजी क्षेत्रका पनि बैंक तथा बित्तिय संस्थाको स्थापनाले आमनागरिकलाई सहज बनाएको उनले बताए । जिल्लाकै उदाहरणीय तथा नमूना सहकारीका रुपमा परिचित रोयल सहकारीले सर्वसाधारणमा समेत राम्रा प्रभाव पार्न सकेको जनाउदै बहुउदेश्यीय सहकारी बन्न लागेकोमा खुशी ब्यक्त गरे ।

मुक्तिनाथ बिकास बैंकका अध्यक्ष भरतराज ढकालले कृषिका माध्यमबाट रोजगार र आत्मनिर्भर बन्न सक्ने बताउदै अब सहकारीले पैसा बेचेर भन्दा पनि उत्पादनमा जोड दिन आग्रह गरे । स्याङ्जाको मुख्य उत्पादन पहिचानगरी जिल्ला र पोखरा महानगरपालिकासंग समन्वय गर्दे उत्पादन र बजारीकरणमा जोडिन सकिने संभावना रहेको उनले औल्याए । स्वनियममा चल्न सक्ने कुनै पनि बित्तिय संस्था नोक्सान नहुने जनाउदै बित्तिय तथा गैरबित्तिय संस्था स्थापनागरि आयआर्जनमा जोडिन सकिने ढकालको भनाई छ ।

कार्यक्रममा मुक्तिनाथ विकास बैंकका संचालक सदस्य एवं रोयल सहकारीका निवर्तमान अध्यक्ष भरतरप्रसाद लम्सालले संस्थाको उन्नती र प्रगतीका निम्ति निस्वार्थ भावले सहकारीका नियम बमोजिम संचालन गरेमा सहकारीको गरिमा बढ्दै जानेमा जोड दिए ।
जिल्ला बचत संघका अध्यक्ष रविन्द्र श्रेष्ठ, पुतलीबजार नगरपालिकाका वरिष्ठ अधिकृत धनप्रसाद कोइराल, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, राष्ट्रिय सहकारी बैंक पुतलीबजार शाखा प्रमुख दिपक कोइराला, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले सहकारीले पुरयाउदै आएको सेवाप्रवाह उत्साहपद रहेकोे जनाउदै जिल्लाकै एक नमूना सहकारी बन्न पुगेकोे बताए । सोही कार्यक्रममा अध्यक्ष नारायणप्रसाद पौडेल, सचिव प्रकाश डोटेल, कोषाध्यक्ष बद्रीप्रसाद श्रेष्ठ, लेखा तथा सुपरिवेक्षण समितिका सदस्य नविन ढकालले आ आफना जिम्मेवारीमा रहेका प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिष्णुप्रसाद पोखरेलले स्वागत एवं सचिव प्रकाश डोटेलले संचालन गरेका थिए । नयाँ कार्यसमिति तथा संचालक समिति चयन गर्दै भोली सम्पन्न हुने सहकारीले जनाएको छ ।

 

प्रतिक्रिया