सहकारीको नियामक संस्था नहुँना समस्या सृजना भयो ः सभापति अर्याल

वालिङ ।
ऋिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ६ मिर्दिको १७औँ साधारण सभा तथा छैठौँ अधिवेसन शनिबार वालिङ स्थित पतञ्जली योगपिठ भवनमा सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेसनको उद्दघाटन गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति भोजराज अर्यालले सहकारी नियमसंगत सञ्चालन हुनुपर्नेमा जोड दिए ।

सहकारीहरुलाई अनुगमन तथा नियमन गर्ने निकाय नहुँदा सहकारीहरुमा बिचलन देखा परेको भन्दै यसले सहकारीप्रति लगानीकर्ताको हेर्ने दृष्ट्रिकोण फरक देखिएको सभापति अर्यालले बताए । सभापति अर्यालले विभिन्न बैंकहरुलाई नियमन गर्ने नियामक संस्था राष्ट्र बैंक छ तर ६ खर्ब भन्दा धेरै लगानी गर्ने सहकारीहरुको नियामक निकाय बेखबर बनिदिदा सहकारीमा बिचलन आएको बताए । समाजको गर्जो टार्नका लागी तथा सदस्यहरुको आर्थिक अवस्था उकास्नका लागी खोलिएका सहकारी संस्थाहरु पछिल्लो समय व्यापारिकरण भएको भन्दै यसले गर्दा आम नागरिकहरु समस्यामा परेको बताए ।

सरकारले ३ खम्बे अर्थ नितिको मान्यता दिएपनि अनुगमन गर्ने निकाय नै नहुँदा सहकारीहरुमा समस्या देखा परेको सभापति अर्यालको भनाई छ । वालिङमा समेत एकदुई सहकारीमा समस्या देखिएपछि सहकारीको निति र सिद्धान्त अनुसार चलेका सहकारीलाई हेर्ने नजर फरक भएको उनले बताए ।

कार्यक्रममा प्रदेश सांसद कल्पना तिवारीले राजनीति र सहकारीमा इमान्दारिता नदेखिएको बताइन् । स—साना पुँजीबाट संचालन हुदै आएका सहकारीहरु संकटमा पर्नु दुखद भएको बताउदै सांसद तिवारीले सहकारी कानुन बलियो बनाउन आवश्यक रहेको बताइन् । संचालकहरुको लापरवाही र समाजका प्रतिष्ठित व्याक्तिहरुबाटै सहकारीमा समस्या हुन थालेको प्रति दुख व्यक्त गर्दै सांसद तिवारीले सहकारीको कानुन दरिलो बनाउनुपर्नेमा जोड दिइन् । सहकारीहरु पैसा किन्ने र बेच्ने थलोको रुपमा विकास हुँदा समस्या सृजना भएको बताउँदै सहकारीहरुले आफ्ना सदस्यलाई उत्पादनमा लगाउने बजारीकरणको व्यवस्था गरिदिने हो भने सदस्यहरुको आर्थिक अवस्था माथि उकासिने बताइन् । सहकारीको पुँजीमा आँखा लगाउने इमान्दारिता नभएका व्यक्तिले सहकारी चलाउँदा आम लगानीकर्ता समस्यामा परेको तिवारीको भनाई थियो ।

कार्यक्रममा उपकार बचत तथा ऋण सहकारीका अध्यक्ष यामकान्त खनाल, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले वालिङमा सहकारीहरु बलियो बनाउन सहकारी संचालकहरु एक हुनुपर्ने बताए । कार्यक्रममा अध्यक्ष मुक्तिप्रसाद पाण्डेले सहकारीको अवस्था र भावी कार्ययोजनाका बारेमा आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम अध्यक्ष पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष नत्रेप्रसाद पाण्डे संचालन सचिव हुमनाथ अर्याल (बच्चन) ले ग।ेका थिए ।

 

प्रतिक्रिया