पत्रकार महासंघका अध्यक्ष सिग्देल सम्मानित

वालिङ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देललाई सम्मान गरिएको छ । स्याङ्जाको वालिङमा रहेको ऋद्धिसिऋि बचत तथा ऋण सहकारी संस्थाले सहकारी अभियानमा कलम चलाउको भन्दै १७ औं बार्षिक साधरणसभा तथा छैठौं अधिवेसनमा अध्यक्ष सिग्देललाई सम्मान गरिएको हो । गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले सिग्देललाई करुवा, कदरपत्र र दोसल्लाले सम्मान गरेका थिए । पत्रकारिताका क्षेत्रबाट सहकारीका गतिविधिहरुलाई उजागर गर्न सहयोग पु¥याएको अध्यक्ष सिग्देललाई सम्मान गर्ने निर्णय अनुसार सहकारीले सम्मान गरेको हो ।

नेपाल पत्रकार महासंघको निवर्तमान अध्यक्ष बन्न पुगेका सिग्देल वालिङबाट प्रकाशित पव्लिक आवाज साप्ताहिक, राजधानी दैनिक र सगरमाथा टेलिभिजन लगायत दर्जनौ मिडियामा काम गर्दै आउका छन् ।

कार्यक्रममा पत्रकार सिग्देल सहित जेष्ठ सेयर सदस्यद्धोय गणेशप्रसाद भट्राई, हुमकला पाण्डे, उत्कृष्ट कारोबारी छविलाल पाण्डे र जामिला निशा, एसईईमा उत्कृष्ठ नजिता ल्याउने सुजाता श्रेष्ठ, आशिका कोईराला, दिक्षान्त पंगेनी, आयुष्मा अर्याल, एन्जिला अर्याललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया