नेपाली काँग्रेस स्याङ्जाको अन्तरक्रिया सम्पन्न

स्याङ्जा ।
नेपाली काग्रेस स्याङ्जाले सय दिने अभियान अन्तर्गत विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले काग्रेसको संगठन बलियो बनाउन सय दिने अभियान महत्वपुर्ण रहने बताए । स्याङ्जाको विकासमा सबै एकताबद्ध भएर लाग्न अनुरोध गर्दै काँग्रेस नेता श्रेष्ठले गुटबन्दी भन्दा बिचार र एजेन्डा बोकेर गाउँ गाउँ जान कार्यकर्तालाई श्रेष्ठले आग्रह गरे ।

कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य डाक्टर डिला संग्रौलाले संघ, प्रदेश र स्थानीय तहमा निर्वाचन जितेका काग्रेसका जनप्रतिनिधिहरुले भोली जवाफ दिनेगरी काम गर्न आग्रह गरिन् । सुन्दर नेपाल बनाउने जिम्मेवारी नेपाली काग्रेसको काधमा आएको बताउदै डाक्टर संग्रौलाले जनप्रतिनिधिले भुईमान्छेको अवस्था हेरेर काम गर्न सुझाव दिइन् । काग्रेस एजेन्डाले चल्ने पाटी भएको भन्दै डाक्टर संग्रौलाले शुसासन र भष्टाचारमुक्त नेपाल बनाउने अभियानमा सबै लाग्न संग्रौलाले कार्यकर्ताहरुलाई आग्रह गरिन् ।
कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य गोविन्द शाहा, चम्पा खड्का, गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, गण्डकी प्रदेश सांसद सुनिता थापा, महासमिति सदस्य देवी अर्याल, प्रजातान्त्रिक सेनानी संघ स्याङ्जाका अध्यक्ष तारापति सुवेदी लगायतले काँग्रेसले अगाडी सारेको सय दिने बिशेष कार्यक्रम सफल बनाउन जोड दिएका थिए ।

अन्तरक्रियामा पुतलीबजार नगर सभापति सुरज कुमार अधिकारी, महाधिवेसन प्रतिनिधि बन्दना लम्साल, अपाङ्ग समाजका केन्द्रीय सदस्य श्यामप्रसाद अर्याल, महासमिति सदस्य अर्जुनप्रकाश अर्याल, अर्जुनचौपारी गाउँपालिका सभापति बिष्णुप्रसाद काफ्ले, उद्योगी व्यवसायी हिक्मत श्रेष्ठ, जिल्ला सदस्य सन्तोषी पौडेल, महिला नेतृ मखमली श्रेष्ठ, किसान संघका मनबहादुर गुरुङ्, ख्याम नारायण पराजुली लगायतले नेपाली काँग्रेसको भावी रणनीति र कार्ययोजनाका बारेमा जिज्ञासा राखेका थिए ।

नेपाली काग्रेस कार्यबहाक सभापति केदार काफ्लेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको स्वागत उपसभापति शेरबहादुर राना र संचालन सचिव दामोदर लम्सालले गरेका थिए ।

प्रतिक्रिया