सरकारी सेवामा पहुँच बढाउन महिलालाई लोकसेवा तयारी कक्षा

क्रान्ति अर्याल,
गल्याङ ।
सामाजिक विकास कार्यालय स्याङ्जाले महिलालाई सरकारी सेवामा पहुँच बढाउने उदेश्यले एक महिने निशुल्क तयारी कक्षा संचालन गरेको छ । गत मंसिर ११ गते देखि संचालन गरेको निःशुल्क लोकसेवा तयारी कक्षामा ४६ जना महिलालाई तालिम दिएको हो । महिलाहरुलाई निजामती सेवामा सहभागी गराउन र उनीहरूको क्षमता विकास गर्ने उद्देश्यले सामाजिक विकास कार्यालय स्याङ्जाले उक्त कक्षा संचालन गरेको थियो ।

निःशुल्क कक्षामा अप्राविधिक तर्फको राजपत्र अनंकित द्वितीय, सहायक स्तर चौथो तहको पाठ्यक्रममा आधारित रहेर ६० वटा कक्षा संचालन गरिएको सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जानकारी दिए । सरकारी सेवामा महिलाको पहुँच बढाउन सहज होला भन्ने उदेश्य हो प्रमुख पौडेलले भने,‘निशुल्क प्रशिक्षणले महिलालाई आर्थिक बोझ पनि नपर्ने र क्षमता विकास गर्ने अवसर पनि मिल्छ ।’ पढ्दै गरेका महिला विद्यार्थीलाई यस्ता कक्षाले लोक सेवामा थप मदत पनि मिल्ने छ उनले भने ।

सामाजिक विकास कार्यालय स्याङ्जाले लोक सेवा कक्षा सगै अन्य रचनात्मक क्रियाकलापहरु पनि गर्दै आएको छ । जसले गर्दा समाजमा भइपरी आउने समस्या समाधानमा निकै महत्वपुर्ण मिलेको बताइएको छ । निशुल्क लोकसेवा कक्षा संचालन गरेर महिलालाई प्रथामिकतामा राखेकोमा स्याङ्जाकी प्रमुख जिल्ला अधिकारीले सामाजिक कार्यालयको प्रशंसा गरेकी छन् । विद्यार्थीहरुको निरन्तर मेहनतबाट सफलता मिल्नेमा यस्ता तालिमले अझै सहजता प्रदान गर्ने प्रजिअ नेपालले बताइन् ।

लोकसेवा परीक्षामा महिलाहरुलाई निकै सकस हुने गर्छ प्रजिअ नेपालले भनिन्,बिषयबस्तुमा तालिक बनाएर अभ्यास गरिरहने हो भने अवश्य सफल भइन्छ ।’ महिला लक्षित यस्ता तालिमहरुलाई निरन्तरता दिन सकियो भने लोक सेवामा महिलाको पहुँच पुराउन टेवा मिल्ने छ प्रजिअ नेपालले भनिन् । लोकसेवा तयारी कक्षा संचालनले हामीलाई निकै सहयोग गरेको सहभागी पशिक्षार्थीहरुले बताएका थिए ।
तालिममा सहभागी ४६ जना महिला विद्यार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको सहयाक प्रशासकीय अधिकृत द्रोण प्रसाद पनेरुले जानकारी दिए ।

प्रतिक्रिया