गरिमा बैंकबाट चापाकोटमा साक्षरता अभियान

गोपीकृष्ण रेग्मी,
चापाकोट ।
गरिमा विकास बैक विभिन्न क्षेत्रमा वित्तिय साक्षरता अभियान संचालन गरिरहेको छ । बैकले चापाकोटमा रहेको रत्नपुर साना किसानका शेयर सदस्यलाई वित्तिय साक्षरता कक्षा सम्पन्न गरेको हो ।

वित्तिय साक्षरता अभियानको शुभारम्भ गर्दै गरिमा विकास बैंक क्षेत्रीय कार्यलय वालिङका प्रमुख लेखनाथ भट्टराईले बचत, कर्जा, पारिवारीक बजेट, बजेट योजना, डिजिटल बैकिङ् प्रयोग तथा महत्वका बिषयमा सहभागीहरुलाई सुझाए । बैकिङ कारोवारलाई प्रविधिसगँ जोडेर गर्नुपर्ने समय आएका बेला सजग रहेर गर्नुपर्ने भट्टराईले बताए ।

गरिमा बिकास बैंक चापाकोट शाखा प्रमुख एवं प्रशिक्षक कृष्ण प्रसाद रेग्मीले बैंक बाट कर्जा लिदा जोखिम तथा कानुनी प्रावधानका बारेमा सहभागीहलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षक रेग्मीले देशको विद्यमान आर्थिक संकट, व्यापार, बैंक तथा वित्तीय संस्थाका प्रकार, नेपाल राष्ट्र बैंकका कार्यहरु र वाणिज्य तथा विकास बैंकका सेवा सुविधा, बैंकिङ कसुरका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

रत्नपुर साना किसान सहकारीका अध्यक्ष जीवन डोटेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा ८ का वडा अध्यक्ष टोपलाल न्यौपाने (राजु )सहभागिहरुको तर्फबाट कमल पौडेल, डोलराज न्यौपाने, लगायतले बैकसगँ रहेका गुनासो एवं आफ्ना समस्याहरु बताएका थिए । रत्नपुर साना किसान सहकारीका अध्यक्ष जीवन डोटेलको अध्यक्षतामा भएको कार्यक्रममा शालिकराम आचार्यले स्वागत र कार्यक्रम सन्चालन वडा सचिव शान्ती श्रेष्ठले गरेकी थिइन् ।

सामाजिक उत्तरदायीत्वमा समेत महत्वपुर्ण भुमिका खेलेको गरिमा विकास बैंकले स्याङ्जा जिल्लाका सबै पालिका देखी वडातहमा वित्तिय साक्षरता अभियान गर्दै आएको छ । जसले गर्दा बैकिङ प्रणाली सगँ नजोडिएका नागरिकलाई यो अभियानले टेवा पुगेको बैंकले जनाएको छ ।

प्रतिक्रिया