भीरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा नुवादत्त अर्याल

भीरकोट ।

भीरकोट उद्योग वाणिज्य संघको तेश्रो अधिवेशन शुक्रबार शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको छ । भीरकोट उद्योग वाणिज्य संघको अध्यक्षमा नुवादत्त अर्याल निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न भएको अधिवेशनबाट नुवादत्त अर्याल अध्यक्षमा निर्वाचित भएका हुन् । भीरकोट नगरपालिका वडा नं ५ पकान निवासी अर्याल यसअघि संघको बरिष्ठ उपाध्यक्ष थिए ।

शुक्रबार साँझ उद्योग वाणिज्य संघमा आयोजित एक कार्यक्रमका बिच अर्याल सहित नयाँ नेतृत्वको निर्वाचन समिति संयोजक अधिवक्ता श्यामकाजी अधिकारीले सर्वसम्मत निर्वाचित भएको घोषणा गरे । सघंको वरिष्ठ उपाध्यक्षमा चिन्तामणी चापागाई र प्रथम उपाध्यक्षमा पर्वत खाम्चा मगर निर्वाचित भएका छन् । द्धितिय उपाध्यक्षमा राजकुमार कर्माचार्य, महासचिवमा चोपनारायण श्रेष्ठ, सचिवमा सिर्जना गौतम, कोषाध्यक्षमा देवीप्रसाद चापागाई, सहकोषाध्यक्षमा जाफर अलि मियाँ निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा विकास खाँण, रेखा बसेल, जीबलाल बसेल, दिनेश कुमार कर्माचार्य, सुरेश उच्चै ठकुरी, सम्राट अधिकारी, सूर्य अधिकारी, लोकबहादुर थापा, मिना खाँण, शिव खनाल, सुशिल अर्याल र विनोद अधिकारी निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि भीरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले स्थानीय स्तरमा उद्योग फस्टाउन नसक्दा बेरोजगारी बढेको चर्चा गर्दै सम्भावनाहरु खोज्न विदेशिहरुको ढोका चहार्न बाध्य हुनुपरेको बताए । उनले उद्योग वाणिज्य संघले चाहेको समृद्धिको यात्रा तयार गर्न लगानीको सुनिश्चिततामा स्थानीय सरकार लागिपरेको बताएका छन् । स्थानीय सरकारको नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई उत्साहित हुने विश्वास लिएको बताए । कर्माचार्यले उद्योगी व्यवसायीहरुको हितमा रही स्थानीय सरकार अघि बढेको चर्चा गर्दै ढुक्क भएर आफ्नो व्यवसाय गर्न अनुरोध गरे ।

 

प्रतिक्रिया