हेफर आधारशिला अभिमुखिकरण कार्यक्रम सुरु

वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरुको सहभागितामा हेफर आधारशिला अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पालिकाले कृषि र पशुपालनबाटै गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिरहेको ‘वालिङ कृषि विकास परियोजना’ अन्तर्गत परियोजना समन्वय समितिका सदस्य तथा सरोकारवालाहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख कुष्ण खाँणले कृषि र पशुपालनको क्षेत्रमा फरकशैलीबाट काम गर्न पालिकामा कार्यक्रम सुरु गरिएको जानकारी दिए । कृषि र पशुपालन पालिकाको प्रमुख क्षेत्र भएको भन्दै प्रमुख खाँणले विभिन्न संघसंस्थाको सहकार्यमा काम गरिरहेको बताए ।
उपप्रमुख कविता तिवारी गैह्रेले कृषि र पशुपालनमा नै नगरलाई आत्म निर्भर बनाउन योजनाबद्ध रुपमा पालिका अगाडी बढेको बताइन् । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन, जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा नगरपालिकाको विभिन्न वडामा कार्यक्रम सञ्चालन भईरहेको छ ।
अभिमुखीकरण कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका प्रमुखहरु र दियालो संस्थाका पदाधिकारीहरु लगायत ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका क्षेत्रिय प्रवन्धक प्रेम साम्वयू, सामाजिक विकास शाखाका सकुन्तला रसाली, बरिष्ठ कार्यक्रम अधिकृत विष्णु पाण्डे लगायतले सहजीकरण गरेका थिए ।
प्रतिक्रिया