पत्रकार महासंघ स्याङ्जामा नयाँ समितिबाट पदभारग्रहण

स्याङ्जा ।
नेपाल पत्रकार महासंघ स्याङ्जाको छैठौँ अधिवेसनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीले सपथ ग्रहण गरेका छन् । शुक्रबार महासंघको कार्यालय स्याङ्जामा गरिएको सपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक तुल्सी गिरीले नवनिर्वाचित अध्यक्ष प्रदिप कोईराला नेतृत्वको कार्यसमितिलाई सपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक गिरीले वर्तमान परिपे्रक्षमा नेपालको राजनीति तथा विभिन्न संघसंगठनमा एकल विचारका साथ अगाडि बढ्ने संभावना प्राय नभएको बताए । महासंघको पाँचौ निर्वाचन पनि आफ्नै नेतृत्वमा गरेको स्मरण गर्दै त्यो बेला महासंघको कार्यसमितिमा बाहिर रहेको प्रेस चौतारी अहिले महासंघको कार्यसमितिमा आवद्ध भई गठबन्धन अनुसारको साझा नेतृत्व बनेको भन्दै बधाई तथा शुभकामना व्यक्त गरे । पत्रकारिताको मर्यादामा रहेर पत्रकारहरुको कलम अझै तिखो हुँदै जानेमा आफु विश्वस्थ रहेको बताए । पत्रकार महासंघको भवन निर्माणका लागी अलिकति प्रयास गरियो भने संभव रहेको भन्दै यसै कार्य समितिले त्यो कामपुरा गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकका डाइरेक्टर तथा नेपाल पत्रकार महासंघ स्याङ्जाका संस्थापक सदस्य भरत लम्सालले महासंघको भवन निर्माणका लागी बैंकले सहयोग गर्ने भन्दै पत्रकारिता गर्न बाहिरबाट हेर्दा सजिलो भएपनि भित्र त्यत्तिकै चुनौतीहरुहरु पनि रहेकाले संयमित भई अगाडि बढ्न आवश्यक रहेको बताए । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत शिक्षा, स्वास्थय तथा सामाजिक क्षेत्रमा विभिन्न रचनात्मक कार्यहरु गर्दै आईरहेको भन्दै बैंक स्थापनाको अवसरमा बैंकले पत्रकार महासंघको भवनमा डेकोरेसनका लागी ६० हजार सहयोग गर्ने घोषणा पनि गरे ।

स्याङ्जाबाटै बंैकले आफ्नो कारोबारको थालनी गरेको भन्दै महासंघको भौतिक संरचनाका लागी पनि आगामि दिनमा थप सहयोग गर्ने उनको भनाई थियो । कार्यक्रममा महासंघका गण्डकी प्रदेश सदस्य तथा जिल्लाका निर्वतमान अध्यक्ष श्रीकृष्ण सिग्देलले आफ्नो ३ वर्ष ८ महिनाको कार्यकालमा महासंघको कार्यालय स्थापना गरी महासंघका गतिविधिहरुलाई कम्युटराइज्ड गर्न सफल भएको भन्दै यी सबै काम गर्नका लागी सिंगो टिमको महत्वपुर्ण साथ र सहयोग रहेको बताए ।

कार्यक्रममा महासंघका पुर्व अध्यक्षहरु ओमप्रकाश शर्मा, प्रकाश डोटेलले समेत नयाँ कार्यसमितिलाई बधाई व्यक्त गर्दै भवन निर्माणको कार्यलाई पुर्णता दिन तथा जिल्लाको पत्रकारिताको विकासका लागी संधै हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाए । कार्यक्रममा पदभार ग्रहण गर्दै अध्यक्ष कोईरालाले आफ्नो कार्यकालमा महासंघको भवन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । स्याङ्जाको पत्रकारितालाई थप उचाईमा पु¥याउन आफ्नो टिम लागि पर्ने भन्दै पत्रकारको क्षमता विकासको लागी र हकहितको लागी महासंघ कटिवद्ध भएर अगाडि बढ्ने अध्यक्ष कोईरालाको भनाई थियो ।

साथै महासंघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि सम्पन्न भएको छ । बैठकले महासंघको भवन निर्माणका लागी अध्यक्ष कोईरालाको संयोजकत्वमा जग्गा प्राप्तिका लागी वार्ता तथा भेटघाट समिति गठन गरेको छ । उक्त समूहमा निर्वतमान अध्यक्ष श्रीकष्ण सिग्देल, पुर्व अध्यक्षहरु ओमप्रकाश शर्मा प्रकाश डोटेल, महासंघका सचिव शुसिल सुवेदी रहेका छन् । साथै बैठकले निवर्तमान कार्यसमिति र निर्वाचन समितिलाई समेत धन्यवाद दिएको छ ।

प्रतिक्रिया