सयदिने अभियानले काँग्रेसलाई क्रियाशिल बनाउने छ ः सभापति अर्याल

वालिङ ।
नेपाली काँग्रेस स्याङ्जा केन्द्रीय समितिको निर्देशन अनुसार सयदिने बिशेष अभियान सफल बनाउन क्रियाशिल रहेको छ । टोल—टोल, वडा—वडा, पालिका हुदै जिल्लास्तर सम्म यो कार्यक्रम सफल बनाउन नेपाली काँग्रेस क्रियाशिल रहेको हो । सयदिने बिशेष अभियान अन्तर्गत नेपाली काँग्रेस वालिङ नगर समितिले वडातहबाट शुभारम्भ गरेको छ । वालिङ नगरपालिका वडा नम्बर ७ बाट यो कार्यक्रमको शुभारम्भ गर्दै नेपाली काँग्रेसका नेता तथा गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले सयदिने अभियानले काँग्रेसलाई क्रियाशिल बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताए ।

जतिबेला मुलुक संकटमा पर्छ त्यतीबेला काँग्रेस गाउँगाउँमा जुर्मराउछ र संकटबाट समाधान पनि काँग्रेसले नै गर्नेगरेको सभापति अर्यालले बताए । अहिलेपनि मुलुक संकटमा रहेकाले यो संकटबाट मुलुकलाई बचाउने दायीत्व हामी सामु आएको सभापति अर्यालले बताए । विकासमा जनताका आवश्यकता धेरै रहेको तर मुलुकमा बजेट कम भएकाले विकासलाई मिलाएर गर्नुपर्ने अर्यालको भनाई छ । सिमित साधन श्रोतले जनताको आवश्यकतालाई परिपुर्ति गर्नुपर्ने बाध्यता प्रदेश सरकारसगँ रहेको बताए । अहिले पनि केन्द्रले प्रदेशलाई अधिकार दिने कुरामा समस्या पार्दै आउको बताउदै सभापति अर्यालले संविधानले दिएको अधिकार दिनुपर्ने लडाइमा रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस वालिङ नगरसमितिका सभापति नेत्रप्रसाद पाण्डे, महाधिवेसन प्रतिनिधि लक्ष्मीकान्त रेग्मी, नेपाली काँग्रेस जिल्ला सदस्य पुर्णबहादुर थापा, आमन्त्रित सदस्य नारायण भण्डारी, प्रदेश सदस्य नरबहादुर पौडेल, काँग्रेस नेता नरप्रसाद रेग्मी, वालिङ नगर उपसभापति सीता थापा, काँग्रेसका युवा नेता हुमनाथ अर्याल, महिला नेतृ दुर्गादेवी अर्याल, वडाका पुर्व सभापति गौ बहादुर गुरुङ लगायतका बक्ताहरुले सयदिने अभियानलाई प्रत्येक घर—घरमा पु¥याउनु पर्नेमा जोड दिए । वडा सभापति भोजराज गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको बार्यक्रम वडा सचिव कृष्णप्रसाद रेग्मीले गरेका थिए ।

प्रतिक्रिया