गल्याङमा काव्यगोष्ठी सम्पन्न

गल्याङ ।

कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्तीको अवसरमा स्याङ्जामा काव्यगोष्ठी गरिएको छ । जगत्रदेवी साहित्य संगम, गल्याङको आयोजनामा काव्यगोष्ठी गरिएको हो । जगत्रदेवी साहित्य संगमका अध्यक्ष कवि चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा गल्याङ् बहुमुखी क्याम्पसको सभाहलमा आयोजना गरिएको उक्त काव्यगोष्ठीमा वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल, कवि ध्रुवप्रसाद शर्मा पङ्गेनीको समेत उपस्थिति रहेको थियो ।

साहित्य संगमका सहसचिव गजलकार डिल्लीराम भण्डारीको स्वागत मन्तव्यसँगै सुरू भएको काव्यगोष्ठी समारोहमा गजलकार डिल्लीराम भण्डारी, गजलकार सिर्जना खनाल, कवि सुमन भट्टराई, गजलकार झवनाथ बस्याल, कवि अमृता खनाल, गजलकार नारायणप्रसाद न्यौपाने, गजलकार गीता अधिकारी, कवि ऋषिराम भण्डारी, कवि बोधराज न्यौपाने, गजलकार आरती ढकाल पाठक, कवि हरिकला पाठक, कवि इन्द्रप्रसाद पाठक, कवि ढालबहादुर केसी, अग्रज कवि सुर्यप्रसाद डुम्रे, अग्रज कवि लेखनाथ काफ्ले, कवि शिशिर पौडेल, कवि ध्रुवप्रसाद शर्मा पङ्गेनी, कवि प्रेमबन्धु सुवेदी, युवा कवि मिलन समीर, अग्रज कवि चण्डिकाप्रसाद भट्टराई आदिले आफ्ना उत्कृष्ट रचनाहरु वाचन गरेका थिए ।

 

काव्यगोष्ठी २०८१ को प्रायोजक गल्याङ ११, तुलसीभञ्ज्याङ्, स्याङ्जा, हाल न्यूयोर्क, अमेरिका निवासी अमरविक्रम अधिकारीलाई उनको विशेष सहयोग र सद्भावको उच्च कदरस्वरुप कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनको अनुपस्थितिमा निजकि दिदी मीना न्यौपानेद्वारा उक्त कदरपत्र ग्रहण गरिएको थियोे । समारोहमा नेपाली भाषा साहित्यको क्षेत्रमा पुर्‍याउदै आएको विशेष महत्त्वपूर्ण योगदानको उच्च कदरस्वरुप डा. शैलेन्दुप्रकाश अधिकारीलाई जगत्रदेवी साहित्य सम्मान २०८१ समर्पण गरिएको थियो । कार्यक्रममा धन्यवाद मन्तव्य संगमका सदस्य कवि प्रेमबन्धु सुवेदीद्वारा प्रस्तुत गरिएको थियो भने सहजीकरण संगमका सचिव युवा कवि मिलन समीरद्वारा गरिएको थियो।

प्रतिक्रिया