काँग्रेस बलियो हुँदा लोकतन्त्र बलियो ः उपसभापति तिवारी

वालिङ ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीले काँग्रेस पार्टी बलियो भयो भने लोकतन्त्र बलियो हुने बताएकी छन् । नेपाली काँग्रेसको सयदिने बिशेष अभियान अन्तर्गत वालिङ १३ मा आयोजित भेलामा बोल्दै उपसभापति तिवारीले लोकतन्त्रको पहरेदार काँग्रेस पार्टी मात्रै भएको बताएकी हुन् । गाउँ—गाउँमा काँग्रेस बलियो बनाउन आवश्यक छ उपसभापति तिवारीले भनिन्,‘गुट बनेर होइन, एकता बोकेर गाउँमा काँग्रेसको बिचार बाड्नुहोस ।’ देशमा लोकतन्त्रलाई संस्थागत बनाउने पार्टी काँग्रेस हो भन्ने सन्देश लिएर जनताको घर आँगनमा पुग्नुहोस उनले भनिन् ।
लोकतन्त्रलाई चारैतिरबाट घेरावन्दीमा पारिरहेका बेला मुलुकलाई बचाउन तपाई हाम्रो खाँचो रहेको बताउदै उपसभापति तिवारीले गाउँ—गाउँमा काँग्रेस बलियो बनाउनुपर्ने धारणा व्यक्त गरिन् । काँग्रेसको भ¥याङ् चढेर जनप्रतिनिधि बन्ने अनि जनताको समस्या नबुझ्ने प्रवृत्ति पछिल्लो समय बढ्न थालेको प्रति ध्यानाकर्षण गर्दै जनताको विकासमा काँग्रेसका जनप्रतिनिधिले साथ दिनुपर्ने बताइन् । आफु वालिङ नगरको उपप्रमुख भएका बेला गरेका कामहरु अझै अधुरा रहेको बताउदै गण्डकी प्रदेशको सांसद समेत रहेकी तिवारीले अधुरा काम पुरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा नेपाली काँग्रेसका कार्यबहाक सभापति केदार काफ्ले, जिल्ला सचिव तथा सयदिने अभियानका जिल्ला प्रतिनिधि गुरुप्रसाद भट्टराई, महाधिवेसन प्रतिनिधि सुनिता उच्चै, वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डे, नेपाल शिक्षक संघका महाधिवेसन प्रतिनिधि सीता गौडेल, नगर उपसभापति सीता थापा लगायतका बक्ताहरुले सयदिने अभियानलाई सफल बनाउन वडातहका कार्यकर्ताहरु लाग्न अनुरोध गरे । उनीहरुले यो अभियानले पार्टी र जनताविचको सम्वन्धलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
वालिङ १३ का नेपाली काँग्रेसका वडा सभापति हेमन्त गैह्रेको सभापतित्वमा सम्पन्न भएको भेलाको संचालन सचिव बुद्धिसाग गैह्रे र स्वागत चण्डी पाठकले गरेका थिए । भेलामा पारिश्वर न्यौपाने, कमल भित्रिकोटी, भिमप्रसाद गैह्रे, देवीलाल गैह्रे, जोगराज पाठक, प्रेम गैह्रे, हरिकला पाठक लगायतका काँग्रेस कार्यकर्ताहरुले पाटी र जनप्रतिनिधि विच भएका गतिविधि, पार्टीको पछिल्लो समयमा भएका गतिविधि, विकास निर्माण, क्रियाशिल सदस्यता र पार्टी नेतृत्वले गर्नुपर्ने बिषयमा जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया