वालिङमा अत्याधुनिक ल्याव प्रयोगशाला स्थापनाले तीन जिल्लालाई सहज

वालिङ ।
स्याङ्जाका विरामीहरुलाई सहज गराउनका लागि वालिङमा सञ्चालन गरिएको ‘वालिङ प्याथोलोजी प्रालि’ तस्रो बर्षमा प्रवेश गरेको छ । जिल्लामा नै पहिलो पटक अत्याधुनिक उपकरणबाट रगत तथा दिशापिसावको परीक्षण गर्न भन्दै दुई बर्ष अगाडि वालिङमा प्रयोगशाला सञ्चालन गरिएको थियो ।

स्याङ्जा तथा आसपासका विरामीलाई सहज सेवा उपलव्ध गराउन भन्दै आफूहरुले गरेको प्रयास सफल भएको वालिङ प्याथोलोजीका अध्यक्ष मनोज खनालले बताए । उनले रगतको सामान्य परीक्षण वालिङमा हुने गरेको भए पनि थाईराईड लगायतका परीक्षणका लागि पोखरा र पाल्पा जानु पर्ने बाध्यता थियो, जुन अहिले हटेको बताए । रगतको नमुना लिएर पोखरा पठाउँदा यसको विश्वसनियता कमजोर हुने गरेको भन्दै विरामीको सहजताका लागि अत्याधुनिक प्रयोगशाला सञ्चालनमा ल्याईएको खनालले बताए ।

प्रयोगशाला सञ्चालनमा आएसँगै स्याङ्जा सहित पाल्पा,पर्वत र गुल्मी लगायतका जिल्लाका नागरिकलाई सहजता आएको सञ्चालन स्रिजन खनालले बताए । वालिङमा नै सहज सेवा पाउँदा जिल्लाका नागरिकलाई सजिलो भएको भन्दै आर्थिक भार समेत कम परेको खनालको भनाई छ ।
वालिङ नगरपालिका–९ तल्लो वालिङमा रहेको प्रयोगशालामा दैनिक एक सय जना भन्दा धेरैको रगत तथा दिशापिसावको नमुना परीक्षणका लागि आउने प्रयोगशालाका प्रमुख जय प्रसाद ठाकुरले बताए । प्रयोगशाला तेस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा गरीएको कार्यक्रममा बोल्नुहुँदै गह्रौं प्राथमिकत अस्पतालका ल्याव टेक्निसियन ईश्वर कोईरालाले अत्याधुनिक उपकरण सहित वालिङमा सञ्चालनमा आएको प्रयोगशालाले विरामीलाई सजिलो भएको बताए ।

२०७९ माघ १ गते वालिङमा मनोज खनाल, स्रिजन खनाल, राजेश बस्नेत, अनिता रेग्मी कोईराला र शर्मिला कुमारी ठाकुर मिलेर अत्याधुनिक प्रयोगशाला सञ्चलनमा ल्याएका थिए । तेस्रो बर्षमा प्रवेश गरेसँगै प्रयोगशालाले थप नयाँ उपकरणको साथमा रगत दिशापिसावको नमुना परीक्षणको काम सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया