स्याङ्जामा जलवायु परिवर्तन र प्राकृतिक प्रकोप सम्बन्धी सचेतना कार्यक्रम

स्याङ्जा ।

स्याङ्जाको शिक्षा विकास तथा समन्वय इकाईमा दुई दिने भूमण्डलीय नागरिक शिक्षा एवम् जलवायु परिवर्तन र प्राकृतिक प्रकोप सम्बन्धी सचेतना विषयक कार्यक्रम सम्पन्न भएको छ । युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयद्वारा दुई दिने सचेतना विषयक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जलवायु परिवर्तन व्यवस्थापन तथा प्रकोप न्यूनीकरणको बारेमा छलफल भएको थियो ।

दुई दिने भूमण्डलीय नागरिक शिक्षा एवम् जलवायु परिवर्तन र प्राकृतिक प्रकोप सम्बन्धी सचेतना विषयक कार्यक्रमको सहजीकरण युनेस्को सचिवालयका सचिव डा. दिव्या दवाडी, प्राविधिक अधिकृत उषा पोखरेल, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्य र पुतलीबजार नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम बरालले गरेका थिए । जलवायु परिवर्तनले गर्दा देखिएका विभिन्न खालका समस्या र न्यूनीकरणको बारेमा सहभागीहरूलाई जानकारी दिएको थियो । सचेतना कार्यक्रमा जनप्रतिनिधि, शिक्षक, युवा, पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया