रानीवनमा चरी र जुनकिरी बत्तीको सफलतापछी मन मिल्ने दौतरी

वालिङ ।

अबिषेक लम्सालको पछिल्लो गीतिएल्बम मन मिल्ने दौतरी पनि दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्दै गएको छ । स्याङ्जा जिल्ला हरिनास ५ वसन्तेडाँडामा जन्मिएका अबिषेक लम्सालले परदेशमा रहेर पनि आफ्न‍‍‍ो देशको कला सस्कृतिको जगेर्ना गर्ने मूल उद्देश्यका साथ आफ्नो र सिम्रन परियारको लयमा मन मिल्ने दौतरी लिएर आएका हुन् । यसअघि अबिषेक लम्साल र महेन्द्र सापकोटाको गीत रानी बनमा चरि र जुनकिरी बत्ती पनि चर्चित भएको थियो । अहिलेको मन मिल्ने दौतरीमा महेन्द्र सापकोटा र प्रदिप प्रजाको शब्द रहेको छ भने प्रदिप प्रजा र अर्चना त्रिपाठीले अभिनय गरेका छन् । बजारमा सार्वजनिक भएको छोटो समयमै यस गीतले पनि चर्चा बटुलेको छ ।

लोकगीत क्षेत्रमा भर्खरै प्रवेश गरेका सर्जक तथा गायक अविषेक लम्सालका गीतहरु अहिले बजारमा धेरैले मन पराउन थालेका छन् । रानी बनमा चरी गीतमा शब्द कोरेर लोक गायनमा प्रवेश गरेका लम्सालले मन मिल्ने दौतरी गीत आफ्नै अविषेक लम्साल युट्युब च्यानलबाट बजारमा ल्याएका हुन् । लम्सालका अहिलेसम्म बजारमा दर्जनौ गीत आइसकेका छन् । लम्सालले तिन वटा गीतमा आफ्नै आवाज भरेका छन् भने अन्य गीतमा शब्द कोरेका छन् । उनले केही गीतमा त अभिनय समेत गरेका छन् । यस अघि रानी बनमा चरी गीतमा चर्चित गायक अर्जुन सापकोटा, गायिका सुनिता बुढा क्षेत्री, यज्ञ सापकोटा र सुन्दर परियारको स्वर तथा लम्सालको आफ्नै लय तथा शब्दमा बजारमा आएको गीतले अत्यधिक चर्चा पाएको थियो । दुई वर्ष अघिदेखी सांगीतिक क्षेत्रमा प्रवेश गरेका गायक लम्सालले नव गायक अवार्ड पनि प्राप्त गरेका छन् । विभिन्न स्टेज कार्यक्रममा समेत देखिन थालेका गायक लम्सालले दर्शकस्रोताको माया पाए लोक क्षेत्रलाई जीवन्त अँगाल्ने बताएका छन् । लम्सालले फेरी अर्काे नयाँ गित पनि बजारमा ल्याउने तयारी गरेको बताए ।

प्रतिक्रिया