बालयौन दुरुपयोग अभियोगमा शिक्षक पक्राउ

स्याङ्जा ।
१५ बर्षिय किशोरीलाई बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बालयौन दुरुपयोग गरेको आरोपमा बाणगंगा ५ कपिलबस्तुका ३१ बर्षिय नरेश चौधरीलाई पक्राउ गरेको हो । गत पुष २६ गते ति किशोरीलाई विद्यालयको कोठामा करणी गर्ने मनसायले बालयौन दुरुपयोग गरेको आरोपमा क्षतीपुर्ति दिलाई भराई पाउँ भन्ने जाहेरीका आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेको जनाएको छ ।

बालयौन दुरुपयोग आरोप लागेका चौधरीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरीप्रसाद पौडेलले जानकारी दिए । पक्राउ परेका चौधरीलाई बालयौन दुरुपयोग सम्वन्धी मुद्धामा जिल्ला अदालत स्याङ्जाबाट म्याद लिएर अनुसन्धान अगाडी बढाइएको सूचना अधिकारी पौडेलले बताए । पिडित किशोरीको नाम र विद्यालय सहित ठेगाना भने प्रहरीले गोप्य राखेको छ ।

 

प्रतिक्रिया