रेडक्रस स्याङ्जाको सभापतिमा पुन ः अर्याल

स्याङ्जा ।
नेपाल रेडक्रस सोसाईटी स्याङ्जा जिल्ला शाखाको सभापतिमा पुन ः दिनेश अर्याल निर्वाचित भएका छन् । शुक्रवार भएको जिल्ला अधिवेसनले पुन ः अर्यालको सभापतित्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेसनले महिला उपसभापतिमा लक्ष्मी थापा, उपसभापतिमा लक्ष्मीकान्त रेग्मी, मन्त्रीमा रामचन्द्र अर्याल, कोषाध्यक्षमा महेशबहादुर थापा(गणेश), उपमन्त्रीमा राजेन्द्रदेव खनाल र उपकोषाध्यक्षमा अर्जुनकुमार पौडेललाई निर्वाचित गरेको छ ।

त्यसैगरी सदस्यहरुमा महिला सदस्य कल्पना पौडेल अर्याल, बिष्णु सुवेदी गैह्रे, नर्मदा अर्याल, सदस्यहरु चुडामणी रेग्मी, बिष्णुप्रसाद खनाल, रोशन लामिछाने, रमेश रेग्मी, थमनारायण ढकाल, कमलबहादुर खड्का र विश्वेश्वर गिरी निर्वाचित भएको निर्वाचन अधिकृत रामदत्त पौडेलले जानकारी दिए ।

निर्वाचित पदाधिकारीलाई शनिवार निर्वाचन समितिले पद तथा गोपिनियताको सपथ गराएका थिए । सपथसगै समितिले पदभारग्रहण समेत गरेर कार्य अगाडी बढाइएको बताइएको छ । सबैपदहरुमा सर्वसहमितकै आधारमा निर्वाचन सम्पन्न भएको समितिले जनाएको छ ।

प्रतिक्रिया