भीरकोटमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

भीरकोट ।

भीरकोट जेसिजको आयोजनामा भीरकोट नगरपालिका १ बयरघारीमा भएको प्रथम जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । इभेन्टमा सी लेभल डबल पुरुष र भेट्रान्स पुरुष डबल प्रतियोगिता भएको थियो । सि लेभल डबल पुरूष तर्फ नवीन थापा र सनिल थापा (गल्याङ) को समूहले प्रथम स्थान प्राप्त गर्दै शिल्ड, मेडल र नगद पुरस्कार हात पारेको छ । यसैगरी आशिष शाही र दिवाकर पङ्गेनी (चापाकोट) ले फस्ट रनर अप को उपाधी प्राप्त गरे । प्रकाश गुरूङ र लिल बहादुर भण्डारी (भीरकोट) ले सेकेण्ड रनर अप को उपाधी प्राप्त गरे । एलेक्स थापा र सिमन मल्लले पनि सेकेन्ड रनर अपको उपाधी जितेका छन् ।

यसैगरी भेट्रान्स पुरुष डबल तर्फ युवराज गुरूङ र विक्रम गुरूङ (भीरकोट) को समूहले प्रथम स्थान प्राप्त गर्दै शिल्ड, मेडल र नगद पुरस्कार हात पारेको छ । किरन ठकुरी र बिरू थापा (वालिङ) ले फस्ट रनर अप को उपाधी प्राप्त गरे । युवराज आले र लाल बहादुर थापा (वालिङ) को समूह र शालिकराम पाण्डे र बसन्त थापा (वालिङ) को समुहले सेकेन्ड रनर अपको उपाधी जिते ।

प्रतियोगिताका विजेताहरूलाई अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष एवं प्रमुख प्रकाश तिवारी र भीरकोट जेसिजका मानार्थ सदस्य यामप्रसाद तिवारीले पुरस्कार प्रदान गरेका थिए । विजेताहरूलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथी तिवारीले युवाहरूमा सकारात्मक काम गर्ने अठोट, जोस जाँगर र हिम्मत हुनुपर्ने बताए । छोटो अवधिमै सफलतापूर्वक जिल्लास्तरीय खेल प्रतियोगिता आयोजना गरेकोमा भीरकोट जेसिजको प्रशंसा गर्दै उनले युवाहरूले आफ्नो क्षमतालाई सही ढंगले सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

बयरघारी ब्याडमिन्टन क्लबसँगको सहकार्यमा भीरकोट जेसिजले फागुन २ र ३ गते जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता संचालन गरेको थियो। भीरकोट नगरपालिका वडा नं. १, बसपार्कस्थित बयरघारी ब्याडमिन्टन कोर्टमा भएको प्रतियोगितामा सि लेभल तर्फ ३२ टिम र भेट्रान्स तर्फ २१ टिम गरि जम्मा ५३ टिमको सहभागिता रहेको खेल संयोजक एवं भीरकोट जेसिजका अध्यक्ष शिव खनालले जानकारी दिए ।

प्रतियोगितामा सी लेभल डबलतर्फ पहिलो स्थान हासिल गर्नेले रू ३० हजार नगदसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गरेका छन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः रु २० हजार र ५÷५ हजार नगद पुरस्कार पाएका छन् । भेट्रान्स पुरुष डबलतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले रु २५ हजार नगद प्राप्त गरेका छन् भने दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः रु १५ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

प्रतिक्रिया