नेपाल किसान महासंघ भीरकोटको अध्यक्षमा बिमल खत्री

भीरकोट ।

नेपाल किसान महासंघ भीरकोट नगर कार्यसमितको अध्यक्षमा बिमल खत्री चयन भएका छन् । महासंघको आइतबार सम्पन्न नगर अधिवेशनले खत्रीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा प्रेम राना, सचिवमा मिनबहादुर खत्री, कोषाध्यक्षमा सविता केसी, सहसचिवमा डिलबहादुर गुरुङ रहेका छन् । यस्तै कार्यसमिति सदस्यमा सुन्दर चापागाई, खुमा रेग्मी, क्रान्ती अर्याल, मोहन अर्याल, म्यामबहादुर गुरुङ, तुलसी पंगेनी, पूजा विक, भवानी प्रसाद कोइराला, लोकेन्द्र रेग्मी, चमेली खत्री, बद्रीप्रसाद अर्याल, फत्तबहादुर केसी, देवकुमारी भण्डारी, पार्वती केसी, होमनाथ काफ्ले, कृष्णप्रसाद श्रेष्ठ, निर्मला रेग्मी र लोकबहादुर खत्री रहेका छन् । अध्यक्ष खत्रीले किसानको हकहितमा र पार्टीलाई मजबुत बनाउन आफू प्रतिवद्ध रहेको बताए ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै भीरकोट नगरपालिकाका निवर्तमान नगरप्रमुख छायाराम खनालले किसानका पीडा अत्यन्तै कारुणिक रहेको भन्दै यसतर्फ जिम्मेवार निकायले ध्यान दिनुपर्नेमा जोड दिए । कृषि उत्पादनमा बृद्धि गरेर किसानका हक र हितको काम गर्न महासंघ गठन गर्न लागिएको खनालले बताए । जिवीकोपार्जनको मूल आधार नै कृषि भएकाले कृषि उत्पादनमा बृद्धि गर्नुपर्ने आजको आवश्यकता भएको उनको भनाई छ । किसान महासंघका केन्द्रिय सदस्य भोजराज गुरुङले जति बहस र छलफल गरे पनि किसानका समस्या ज्युँका त्युँ रहेको बताए । किसान महासंघका जिल्ला अध्यक्ष युवराज केसी र वालिङका अध्यक्ष मानबहादुर गुरुङले महासंघमार्फत किसानका समस्या र आवाज सरकारसमक्ष पुग्ने विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेस भीरकोटका सचिव नन्दलाल खनालले महासंघको गठन गर्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए । नेपाली काँग्रेसका जिल्ला सदस्य रामकृष्ण अर्यालले किसानका समस्याप्रति नेपाली काँग्रेस सधैँ गम्भीर रहेको स्पष्ट पारे । बिमल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय सदस्य दिपक रोका, नेपाली काँग्रेस भीरकोटका उपसभापति जगदिश कोइराला, महासंघकी जिल्ला उपाध्यक्ष सिता डुम्रे, भीरकोटका नगर प्रवक्ता दिपेन्द्र केसी, किसानहरु लिलाप्रसाद रेग्मी, शिवप्रसाद रेग्मी, नगर सदस्य गंगाबहादुर जिटी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया