भीरकोटमा रास्वपाको वडा अधिवेशन

भीरकोट ।

भीरकोट नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न सम्पन्न भएको छ । वडा नं. १ को वडा अधिवेशनले बलबहादुर खत्रीको सभापतित्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट उपसभापतिमा युक्तनारायण सुवेदी, सचिवमा बलबहादुर केसी चयन भएका छन्। यसैगरी सदस्यहरूमा गगन जिटी, फिरोज शेख, रविन्द्र केसी, डोल बहादुर खत्री, गुप्तबहादुर केसी र सपना रूचाल रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी भीरकोटका सभापति सुरेश उच्चै ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय संगठन विभाग सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज झबिलाल डुम्रे, केन्द्रिय नेतृत्व विभाग सदस्य एवं केन्द्रिय सदस्य दिनकर नेपाल, जिल्ला सभापती रूक्मागत भण्डारी विश्वास, उमा फूयाँल, टिकाराज गुरूङको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया