स्याङ्जाका दुई महोत्सवकोे एकैदिन उदघाटन

स्याङ्जा ।
फागुन ६ गते स्याङ्जामा दुई भब्य कार्यक्रम शुभारम्भ हुदैछन् । दुवै कार्यक्रमको संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गर्ने छन् । नेपालमै पहिलोपटक निर्माण गरिएको नवग्रह मन्दिर र सातौ स्याङ्जा महोत्सवको उद्घाटन एकैदिन पर्यटनमन्त्री पाण्डेले गर्ने भएका हुन् । नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान महाशिवरात्रीको अवसर पारेर फागुन ६ देखि १४ गते सम्म १ करोड २५ लाख दियो प्रज्वलन गर्नेगरी आयोजना गरिएको महाकुम्भमेला र फागुन ६ गतेदेखी १८ गतेसम्म पुतलीबजार १ खेलमैदानमा आयोजना हुने सातौ स्याङ्जा महोत्सवको उद्घाटन गर्न पर्यटन मन्त्री स्याङ्जा आउने छन् ।

बिहान ११ बजे अर्जुनचौपारीको नवग्रह मन्दिरको समुद्धघाटन गर्ने र दिउसो साढे १ बजे सातौ स्याङ्जा महोत्सवको उद्घाटन गर्नेगरी कार्यक्रम तय भएको आयोजकहरुले जनाएका छन् । गरी भव्य रुपमा गर्ने गाउँपालिकाको तयारी गरेको पालिकाले जनाएको छ । दुवै कार्यक्रम पर्यटन र संस्कृतिसगँ जोडिएकाले दुवै मेलाको उद्घाटनमा मन्त्री पाण्डे रोजाईमा परेका हुन् । अर्जुनचौपारीले धार्मिक पर्यटकीय क्षेत्रको हव बनाउने उदेश्यले निर्माण गरिएको नवग्रह मन्दिरले भारतीय र नेपालका धार्मिक पर्यटकहरु भित्राउने विश्वास लिइएको छ भने सातौ स्याङ्जा महोत्सवले जिल्लाभित्र रहेका धार्मिक, प्राकृतिक पर्यटकीय क्षेत्रको पहिचान र अवलोकन गर्न सहज हुने लक्ष्य राखेको छ ।

विरलै आउने महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुनेहुँदा यसै अवसरमा अनुष्ठान सम्पन्न गर्नेगरी अर्जुचौपारी गाउँपालिकाले नवग्रह मन्दिरको निर्माण गरेको हो भने व्यवसायीहरु बिस्थापित हुँदै जान थालेपछि साथै आर्थिक चलायमान नभएपछि सातौ संस्करणको महोत्सव गरिएको आयोजकहरुले बताएका छन् । फागुन ६ गते उद्घाटन हुने दुवै कार्यक्रमको तयारी पुरा भएको बताइएको छ । धार्मिक र व्यवसायीक रुपले आयोजना गरिएका दुई महोत्सवले स्याङ्जाको बृहत विकासमा टेवा पुग्ने विश्वास संघिय सांसद राजु थापाले लिएका छन् । आन्तरिक र बाह्रय पर्यटक भित्राउने कार्यक्रम आयोजना हुनु स्याङ्जाका लागि महत्वपुर्ण भएको सांसद थापाको भनाई छ । सबै स्याङ्जावासीले यस्ता कार्यक्रमलाई सकरात्मकतवरबाट सहयोग गर्न समेत उनले आग्रह गरेका छन् ।

नवग्रह पूजामा एकपटक सहभागी भएर पुण्यप्राप्त गर्न अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले अनुरोध गरेका छन् भने सातौ स्याङ्जा महोत्सव अवलोकन गर्न सबैमा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले आग्रह गरेका छन् ।

प्रतिक्रिया